Siraha Times
ताजा समाचार

अध्यक्ष पदको उम्मेदवारी दिन तयार छु : युवा नेता यादव

  • चैत १२, २०७८
  • १८९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १२, चैत । नेपाली काङ्ग्रेसबाट बरियारपट्टी गाउँपालिकाको अध्यक्ष पदमा आफू उम्मेदवारी दिन तयार रहेको नेपाली काङ्ग्रेसका मधेस प्रदेश सदस्य तथा युवा नेता सरोज यादवले बताउनु भएको छ । बरियारपट्टी गाउँपालिका कचनारी घर भएका यादव लामो समय देखि नेपाली काङ्ग्रेसको राजनीतिमा सकृय छन् । कक्षा ८ देखि नै उहाँ नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघमा आबद्ध भई हाल नेपाली काङ्ग्रेसको सम्पन्न १४ औं महाधिवेशनमा मधेस प्रदेशको सदस्यको रुपमा भारी मतले बिजय भएको छ । समाज परिवर्तनका लागि युवा नेतृत्वको खाँचो रहेको नेता यादवले बताए । युवा नेतृत्वले देश र समाजलाई परिवर्तन गर्न सक्छ । उनी भन्छन् , 'पार्टीले अध्यक्ष पदका लागि आफुलाई अवसर दिएमा र जनताले निर्वाचित गराएको खण्डमा शिक्षा ,स्वास्थ्य, भौतिक पुर्वाधार , रोजगार लगायत विपन्नवर्ग समुदायलाई उत्थान गर्न आफू आमूल परिवर्तन ल्याउन सक्छु।, युवाहरूको ढुकढुकी रहका उनि हरेक समय पार्टीको लागि अहोरात्र खट्ने र संगठनका लागि योगदान दिने असल नेताको रुपमा चिनिन्छन् । समाजसेवाको क्षेत्रमा पनि युवा नेता यादवको महत्त्वपूर्ण योगदान रहेको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१