Siraha Times
ताजा समाचार

कृष्णनगरमा किसानको खेत खन्न गरि बिना स्टीमेट सड़क बनाउदै अध्यक्ष खां

  • चैत १२, २०७८
  • १३६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु चैत ,१२ स्थानीय चुनाव नजिकदै कृष्णनगर नगरपालिका १० नम्बरका वडा अध्यक्ष अब्दुल मोबिन खाँ हतार- हतारमा नियम मिच्दै सड़क निर्माण कार्यमा लागेकाे पाएकाे छ । वडा अध्यक्ष तथा वडा सदस्य मुर्तुजाले आफ्नै उपस्थितिमा सडकको दुबै किनार किसानहरुको खेतबाट मनपरि ढंगले माटो खनन् गरि सड़क निर्माण गरिरहेका छन्। किसानहरुलाई जानकारी नगराई मनमानी तरिकाले माटो खनन् हुँदा आउने वर्षाको समयमा किसानको खेत कटान हुने र खेती गर्नका लागि असजिलो हुने स्थानीयले किसान बताएका छन्। वडा अध्यक्ष खाँको भनाइ अनुसार सडक निर्माण कार्यकाे समय कम भएकाेले निर्माण कार्य सुरु गरिएकाे र स्टीमेट कार्य सम्पन्न भए पछि तैयार गर्ने बताए । सड़क निर्माण उपभोक्ता समितिका अध्यक्ष खैराका नईम खाँले रहेको उनले बताए ।

तर यता नईम खाँमा अनुसार आफु उक्त सड़क निर्माण समितिको उपभोक्ता समिति अध्यक्ष नरहेको बताए । उनले आफुलाई उक्त सड़क निर्माण बारे कुनै जानकारीसमेत नरहेको बताए । १० नम्बर वडा कार्यलयको प्राविधिक रमेश ओलीले सडकको स्टीमेट नभएको बताउँदै साे सड़क निर्माणबारे आफुलाई कुनै जानकारी नरहेको उनले बताए । झिँगहादेखि मैनारी गाउँलाई जोड्ने सडकको मोडदेखि दक्षिणतर्फ बकौली जाने बाटो‌ निर्माणकाे कार्यमा वडा अध्यक्ष तथा वडा सदस्यको उपस्थितिमै नियम विपरीत तथा किसानको ठुलै क्षति हुने गरि सड़क निर्माणप्रति किसानहरुले गुनासाे गरेका छन् । तुरुन्त खल्टो पटानकाे मागसमेत स्थानीय किसानहरुले गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१