Siraha Times
ताजा समाचार

मधेश सरकारद्वारा भाथाधामलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा संगै बिकासको लागि पाँच करोड

  • चैत १२, २०७८
  • ९६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिय पर्सा १२ चैत मधेश प्रदेश सरकारले भाथाधाम महादेव मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउपालिका वाडा न १ मा पर्ने भाथाधाम दुधेश्वर मन्दिरलाई एक कार्यक्रम बिच पर्यटकीय क्षेत्र घोषणा गरिएको हो । पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने भाथाधाममा आयोजित घोषणा सभामा मुख्यमन्त्री लालबाबु राउतले भाथाधामलाई धार्मिक पर्यटकीय क्षेत्रको पुर्वाधार निर्माण कार्य यसै वर्ष भित्र शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। उहाँले पर्सा राष्ट्रिय निकुञ्ज संग भाथाधामको पर्यटकीय बिकासको लागि आवश्यक सम्पूर्ण पुर्वाधार बिकासको जिम्मा प्रदेश सरकारको रहेको उल्लेख गर्नु भयो।

Open photo

कार्यक्रममा उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले भाथाधाम पर्यटकीय क्षेत्र बिकासको लागि पहिलो चरणमा ५ करोडको प्याकेज दिने घोषणा गर्नु भएको थियो। अलखदेव महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा संञ्चार मन्त्री भरत साह, संघिय सांसद हरिनारायण रौनियार, प्रदेश सांसद मन्जुर अन्सारी, करिमा बेगम, भिमा यादव, जसपा केन्द्रिय सदस्य मोहनलाल चौधरी, प्रदेश सदस्य गौरीशंकर साह, दिपक यादव, जिल्ला अध्यक्ष रामनरेश यादव, युवा नेता शिव कुमारलागी, रामदेनी यादव, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१