ताजा समाचार

मन्त्री रेणु यादव र सांसद राजकिशोर यादवले संयुक्त रुपमा गरे सडकको शिलान्यास

  • चैत १२, २०७८
  • १०४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा १२ चैत । सिरहामा एकैदिन ठूलो लागतको दुई सडकको शिलान्यास गरिएको छ । चोहर्वा–सिरहा–माडर चार लेन र मिर्चैया–कल्याणपुर–सिरहा दुई लेन गरी दुई सडक योजनाको शुक्रबार एकैदिन शिलान्यास गरिएको हो । दुबै सडक योजनाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र जसपा नेता तथा सिरहा ४ का प्रतिनिधिसभा सांसदसमेत राजकिशोर यादवले संयुक्त रुपमा शिलान्यास गरेका छन् । दुबै सडकका लागि पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४०÷४० करोड रुपैयाँ विनियोजन गरेको छ । जस अनुसार २२ मिटर चौडाइ रहने चोहर्वा–सिरहा–माडर चार लेन सडकखण्डमा पहिलो चरणमा २५ सय ५० मिटरको काम हुनेछ । यो सकडमा गाउँ क्षेत्रमा १४ मिटर र शहरी क्षेत्रमा १८ मिटर कालोपत्रे गर्ने योजना रहेको छ । यस्तै, मिर्चैया–कल्याणपुर–सिरहा सडकखण्डमा पहिलो चरणमा ८५ सय ८० मिटरको काम हुनेछ । दुई लेनको यो सडकको चौडाइ भने ११ मिटर रहनेछ । सडक निर्माणको समयावधि २ वर्षको रहेको छ । सिरहा सदरमुकाम जोड्ने चोहर्वा–सिरहा–माडर सडक र यस क्षेत्रको लाइफलाइन मानिने मिर्चैया–कल्याणपुर–सिरहा सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

Open photo

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आर्थिक विकास र समृद्धिको प्रमुख आधार सडक नै रहको बताइन् । सिरहाको यो दुबै सडक निर्माण भए यहाँको विकासले गति लिने विश्वास उनले व्यक्त गरिन् । मन्त्री यादवले सडक निर्माणको कार्य समयमै सम्पन्न हुने प्रतिवद्धतासमेत जनाइन् । यस्तै, सांसद यादवले लामो प्रयासपछि यत्रो ठूलो लगानीको सडक आयोजना सिरहामा ल्याउन सकिएको बताउँदै यसको निर्माणको काम सम्पन्न भइसकेपछि यहाँका जनताको जनजीवन सहज हुने र जीवनस्तरमा परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास लिए । उनले सडक निर्माणको कार्यमा सबै क्षेत्रलाई सकारात्मक सहयोगका लागि आग्रहसमेत गरे । कार्यक्रममा मन्त्री यादव र सांसद यादवसहित प्रदेश सांसद सुरेश कुमार मण्डल, जसपा नेता रामरिझन यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤