ताजा समाचार

सिरहाको सखुवानान्कारकट्टी वाडा नम्बर ४ मा रामेश्वर महादेव मन्दिरको उदघाटन

  • चैत १२, २०७८
  • १०८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १२ चैत - सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर ४ मा रामेश्वर महादेव मन्दिरको उदघाटन भएको छ्। वाडा नम्बर ४ का वाडा अध्यक्ष रमेश कुमार गोईत यादवले एक बृहत कार्यक्रमको आयोजना गरी धर्मिक प्रमपरा अनुसार बिधिबत रूपमा मन्दिरको उदघाटन गरेका छन्। उक्त स्थानमा प्राचीन कालदेखि नै पुरानो रामेश्वर महादेव मन्दिरको भौतिक संर्चना रहेको स्थानीयको भनाई रहेको छ्। गाउँलेका अनुसार उक्त स्थानमा रहेको मन्दिर निकै शक्तिशाली र लोकप्रीय मन्दिर रहेको थियो। स्थानीय महिला दिदी बहिनीहरुले उक्त शिवालयमा पुजा अर्चना गर्न भक्तजनहरुको पहिला पनि घुईचो लाग्ने गरेको थियोे।सोही स्थानमा रहेको पुरानो मन्दिर भत्काएर नयाँ स्वरुपको आकर्षक मन्दिर निर्माण गरेका हुन्। वाडा अध्यक्ष रमेश कुमार यादवले पुरानो मठ मन्दिर तथा धर्म संस्कृतिको संरक्षण सम्बर्द्धनलाई महत्त्व दिदै दुई आर्थिक बर्षको ३/३ लाख गरी जम्मा ६ लाखको लगानीमा वाडा स्तरीय बजेट लगानी गरी उक्त मन्दिर निर्माण गरिएको बताए।

सोही वाडाका वाडा सदस्य गणेश प्रसाद चौधरीको अध्यक्षता कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा वाडा ४ का अध्यक्ष रमेश कुमार यादव रहनु भएको थियो। प्रमुख अतिथि यादवले मन्दिरलाई उदघाटन गरीएको छ। बिशिस्ट अतिथिमा जसपा नेपालका सिरहा क्षेत्र नम्बर १ का क्षेत्री अध्यक्ष परियाग लाल यादव,सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर ३ को वाडा अध्यक्ष महेन्द्र प्रसाद यादव रहनु भएको थियोे। अतिथिमा जसपा नेपालका वाडा नम्बर ४ एकाई कमिटी अध्यक्ष भोगेन्द्र झा,मन्दिर निर्माण उपभोक्ता समितिको अध्यक्ष राम देब साह लगायत सयौं ब्यक्तीहरुको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤