एक्सनमा मेयर बरबरियाः लापरवाही गरेको भन्दै नगर शिक्षा सँयोजक यादवलाई पदबाट हटाए

  • चैत ११, २०७८
  • ९०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । निरन्तर चर्चामा रहँदै आएको धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले पुनः एक चर्चात्मक कार्य गरेको छ । नगरभित्र रहेको समुदायिक विद्यालयका कर्मचारीहरुको तलब भत्तामा झेल गरेको भन्दै नगर शिक्षा सँयोजक (प्रमुख) धनेश्वर यादवलाई पदबाट हटाएका छन् । मेयर बरबरियाले नगर शिक्षा सँयोजकको भूमिका र जिम्मेवारी ईमान्दारी पूर्वक निभाउन नसकेको भन्दै सँयोजकको पदबाट यादवलाई आजैदेखि हटाएको जानकारी दिएका छन् । समुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको तलब भत्ता आँशिक रुपमा पठाएको भन्दै बालविकाशका शिक्षिकाहरु, कर्मचारीहरुले तलब भत्ताको माग गर्दै नगरपालिका अगाडी धर्ना दिएको थियो । बुधबार दिएको धर्नापछि मेयर बरबरियाले समस्या बुझदै शिक्षक शिक्षिकाहरुको तलब विहिबार नै उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका थिए । तर, शिक्षा सँयोजक यादवले कार्यालयको ल्यापटपसमेत आफूसँगै लगेर सम्पर्क विहिन भएपछि मेयर बरबरिया तुरुन्त एक्सन लिएका हुन् ।

सँयोजकको जिम्मेवारी सम्हालेका धनेश्वर यादवको मोबाईलमा फोन नलाग्दा उनलाई १५ मिनेटको भित्रै एक पत्र लेखेर पदबाट हटाईएको जानकारी दिए । शिक्षा सँयोजक यादवले विहिबार नै तलबभत्ता दिने सहमति गरेपनि उनी सम्पर्कभन्दा बाहिर गएपछि उनलाइ शुक्रबार दिउँसै मेयर बरबरियाले चिठ्ठी काटदै पदबाट हटाएको जनाएका छन् । शहिदनगर नगरपालिकामा शिक्षाको श्रोत व्यक्ति समेत रहेका धनेश्वर यादवलाई मेयर बरबरियाले कारवाही गर्दै उनलाई साबिककै ठाउँमा काज फिर्ता पठादिएका छन् । पत्रमा लेखिएको छः “नगरपालिकाको नगर शिक्षा समितिमा कार्यरत तपाई श्री धनेश्वर यादवलाई यस नगरपालिकाले दिएको कार्य जिम्मेवारी पूरा गर्न नसकेको तथा शिक्षा शाखा सँचालनमा लापरवाही गर्ने गरेको हुनाले आजकै मितिदेखि लागू हुने गरी तपाईलाई दरबन्दी रहेकै विद्यालयमा काज फिर्ता गरिएको व्यहोरा जानकारी गराईन्छ ।”

शुक्रबार नगरपालिका कार्यालयको चलानी नम्बर १६११ अनुसार उनलाई काज फिर्ता गरिएको भन्दै पत्राचार गरेको हो । नगर प्रमुख उदय कुमार बरबरिया (यादव) र कार्यालय प्रमुख सत्रुध्न यादवको सँयुक्त हस्ताक्षर गरिएको पत्रमा उनलाई शिक्षा समितिको सँयोजकबाट जिम्मेवारी खोसिएको उल्लेख छ । धनेश्वर यादवको दरबन्दी धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित रहेको मावि कुम्हरौडामा रहेको छ । उनलाई पुनः सोही विद्यालयमा शिक्षकको रुपमा पठाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस

राउ स्मारक अस्पतालमा ...

रहमुल लहान १० जेठ । सिरहाको लहान स्थित रा.उ. स्मारक अस्पतालमा डाक्टरहरूको लापरबाहीका कारण सप्तरी पंस ...

नाम मात्रको भर्ना अभ ...

लहान, जेठ १० । लहान नगरपालिका–१ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयको हालै गरिएको अनुगमनले ...

इलाका प्रहरी कार्याल ...

अजय मिश्र, कृष्णनगर, जेठ १० इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१