Siraha Times
ताजा समाचार

कर्जन्हा : साढे तीन विघाको गाँजा खेति फडानी

  • कार्तिक १२, २०७५
  • १९४७ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १२ कार्तिक । सिरहाको कर्जन्हा नगरपालिकामा अबैध रुपमा लगाईएको गाँजा खेति प्रहरीले फडानी गरी नष्ट गरेका छन् । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपेन्द्र शाह र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) गहेन्द्र बहादुर भण्डारीको कमाण्डमा खटिएको संयुक्त प्रहरीको गस्ति टोलीले कर्जन्हा नगरपालिका बडा नं. ५ मा अबैध रुपमा अन्दाजी साढे ३ बिघा जमिनमा लगाईएको करीब २५ हजार गाँजाको बोट फडानी गरी सोमबार नष्ट गरेका छन् ।
अवैध रुपमा लगाईएको गाँजा खेती फडानी गर्न अभियान नै संचालन गरिएकोले सोही अभियान अन्तर्गत गाँजा फडानी गरिएको उनले बताए । गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने समेत उनले वताएका छन् ।
 

अबैध घरेलु मदिरा नष्ट

सोही प्रहरी टोलीले कर्जन्हा नगरपालिका बडा नं. ५ स्थित ५ सय लिटर अवैध घरेलु मदिरा र ७ हजार लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेका छन् । 
गाँजा र अबैध घरेलु मदिराले समाजमा झै–झगडा हुनुको साथै बिकृति बढ्ने भएकाले नियन्त्रण गर्न अभियान संचालन गरिएको डिएसपी शाहको भनाई रहेका छन् । 
 

 

 

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१