कानुन अभावले रेल सञ्चालनमा ढिलाइ

  • चैत ११, २०७८
  • १०८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मधेश प्रदेश ।  झन्डै डेढ वर्षअघि भारतबाट करिब १ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएको रेल सञ्चालनमा फेरि ढिलाइ हुन पुगेको छ।रेल सञ्चालनका लागि १ फागुनदेखि नै ड्राई रन सुरु गरिए पनि उद्घाटन नहुँदा औपचारिक सञ्चालन हुन सकेको छैन । सरकारले उद्घाटन गरेर रेल सञ्चालनको तयारी गर्दै गर्दा अध्यादेश नै निष्क्रिय बनेपछि कानुन अभाव सिर्जना भएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोध गरेका कारण विधेयक प्रक्रिया पनि अघि बढ्न सकेन । संसद् अधिवेशन अन्त्य भएसँगै सरकारले पुनः अध्यादेश ल्याएपछि अब भने रेल सञ्चालनका लागि कानुनी बाटो खुलेको छ ।

रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अब चाँडै उद्घाटन मिति तय गरेर औपचारिक रूपमा रेल सञ्चालनमा ल्याउने बताएका छन् । ‘रेल सञ्चालन गर्ने तयारी भइरहेको बेला कानुनको अभाव सिर्जना भयो, कानुन नै थिएन, फेरि अध्यादेश जारी भएकाले अब चाँडै उद्घाटन गर्छौं,’ उनले भने । गत १ फागुनयता हर्न बजाउँदै दिनहुँ नेपाली रेल रित्तै जनकपुर हुँदै कुर्था पुगेर फर्किने गरेको थियो । उद्घाटनको प्रतीक्षा मा यसरी दिनहुँ कुद्ने रेल आजभोलि भने दिन बिराएर कुदाउन थालिएको छ । ‘आजभोलि दिन बिराएर ड्राइ रन हुँदै आएको छ, कति ठाउँमा ढुंगा सम्याउनुपर्ने भएकाले रेल रन हुँदा सम्भव नभएकाले दिन बिराएर रन हुने गरेको छ,’ झाले भने । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१