वीरगंज ८ चैत्र। नेकपा एमालेका पार्टी प्रवेश कार्यक्रम गरिएको छ। नेकपा एमालेका पार्टी प्रवेश कार्यक्रम काठमाडौंको थापाथली स्थित एक होटेलमा गरिएको थियो। वीरगंज महानगर पालिका वडा नं १० का स्थानीयहरुले विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा एमालेमा प्रबेश गरेका छन्। वीरगंज महानगरपालिका वडा नं १० का युवा नेता अजय कुमार गुप्ताको नेतृत्वमा सहितको टोलीले काठमाडौ पुगि पार्टी प्रबेश गरेका छन्। एमाले प्रवेश गर्नेहरुमा प्रेमचन्द साह कानु, रेणु कर्ण,विगु प्रसाद, रामबाबु पटेल,रोमी साह,विकाश साह कानु, विरेन्द्र लाल कर्ण,जितेश कुमार शर्मा, कन्हैया साह सोनार, रंजित यादव, मुकेश कुमार कुर्मी, रितेश कुमार शर्मा,राजिव साह लगायत सयौंको संख्यामा रहेको थियो। उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका र खाँदा ओढाइ पार्टीमा स्वागत गरेका छन् । सो अवसरमा नेकपाका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य राजकुमार गुप्ता, नेताहरु बसरुदिन अंसारी, शिव पटेल लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved