Siraha Times
ताजा समाचार

विपन्न परिवारमा झुल बाँड्दै सभापति , दुईहजार बाँड्ने प्रतिबद्धता

  • चैत ७, २०७८
  • ११४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ७, चैत । लामखुट्टेको टोकाईबाट लाग्ने विभिन्न प्रकारको रोग नियन्त्रणका लागि सिरहाको लहान नगरपालिका क्षेत्रमा दुई हजार थान झुल वितरण गर्ने जनाईएको छ । अति प्रभावित दलित , विपन्न परिवारमा झुल वितरण गरिने संगिता कर्माचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष महेश प्रसाद चौधरीले बताए । समाजसेवी तथा नेपाली काङ्ग्रेसका क्षेत्र नम्बर - १ का क्षेत्र सभापति समेत रहेका चौधरीले भने, ''लामखुट्टेको टोकाईले थुप्रै प्रकारका रोग लाग्न सक्छ । डेंगु, मलेरिया, औंलो लगायतको सरुवा रोगका कारण कैयौँ मानिसलाई प्राणघातक विभिन्न रोग समेत लाग्न सक्ने सम्भावना भएकोले झुल वितरण अभियानलाई आफूले आजबाट निरन्तरता दिएको बताए । 'गर्मी संगै लामखुट्टे पनि बढेको छ ।, स्थानीय सरकारले लामखुट्टे नियन्त्रण गर्न कुनै चासो नै देखएको छैन् ।, विपन्न परिवारलाई राहत स्वरुप मैले आफ्नो ब्यक्तिगत लगानीमा झुल वितरण गरिरहेको चौधरीले सुनाए ।,

उनका अनुसार लहान नगरपालिकाको २४ औं वडाको दलित समुदायका विपन्न परिवार अन्तर्गत पर्ने गरिब , असहाय , अशक्त , एकल महिला , जेष्ठ नागरिक, गर्भवती महिला लगायतमा झुल वितरण गर्ने जानाए । राती सुत्दा लामखुट्टेबाट लाग्ने रोगबाट सबै जोगियोस नारा सहित चौधरीले आज लहान नगरपालिका वडा नम्बर - २२ र २४ मा एक सय थान झुल वितरण गरेर अभियानको सुरुवात गरेको जनाएका हुन् । विपन्न परिवारको हरेक घरधुरीमा एक थान झुल दिने समाजसेवी चौधरीले प्रतिबद्धता गरेको छ । पछिल्लो समय कोराना महामारीको विकराल अवस्थामा उनले करोडौं बराबरको दाल , चामल , नुन , तेल , कम्बल , लत्ताकपडा , भाँडाकुँडा लगायतका राहत बाँडेर एक असल समाजसेवीको रुपमा परिचीत भएका थिए ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१