Siraha Times
ताजा समाचार

लहान २४ को बलात्कार काण्ड सार्वजनिक

  • कार्तिक १०, २०७५
  • ११६७ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १० कात्तिक । सिरहाको लहान २४ मलहनमाका एक युवतीलाई बलात्कार गरी उखुवारीमा फालेको अवस्थामा स्थानीयवासीले उद्धार गरेका छन् । दुर्गा मेला हेरेर साँझतीर साईकलमा घर फर्किरहेकी नजानकी (नाम परिवर्तन)लाई तीन चार जना केटाले जर्बजस्ती करणी गरी उखुबारीमा फालिएको थियो ।

बलात्कारीहरुले उनी चढेको साईकललाई रोकी उखुबारीतर्फ लैजान प्रयास गर्दागर्दै बलात्कार गरेको विशेष स्रोतको दावी छ । घटना कात्तिक २ गते दुर्गा मेला हेरेर घर फर्किरहेको अवस्थामा उनलाई बलात्कार गरिएको छ । बलात्कार भएको घटना सार्वजनिक नभएपछि केही दिन प्रहरी, पत्रकार र अधिकारकर्मी समेत अन्यौलमा परेको थियो ।

बलात्कृत युवतीको कात्तिक ३ गते बेलुका ५ बजेर ४५ मिनेटमा लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । घटनावारे खोजखबर जोरतोड चलेपछि ईलाका प्रहरी कार्यालय लहानमा कात्तिक ९ गते उजुरी हालिएको छ । १९ बर्षीया अविवाहितलाई बलात्कार गरेको आरोपमा तीन जनामाथी उजुरी परेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए । बलात्कारीहरु फरार रहेको छ भने घटनामा राजनीतिक लेप समेत लाग्दै आएको अर्का एक स्रोतको दावी छ ।

अधिकारकर्मीहरु भन्छन् घटनाका मुल अपराधीलाई कडा कारवाही गर्नुपर्छ । तर, राजनीतिक वहानामा निर्दोषलाई फसाउँने काम कद्दापी न्यायोचित नहुने बताएका छन् । यहाँ लहान अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा प्रहरीको ड्युटीमा कमजोरी भएको तथ्य सार्वजनिक भएको छ । घटना भएको सात दिनसम्म अन्यौलमा रहँदा नवसंग्राम दैनिकले सत्यतथ्य पता लगाउँन अधिकाँश सरोकारवाला निकायसंग खोजखबर गरेका थिए । सोहीक्रममा फेसबुक वालमा घटनाको सानो चर्चा समावेश गर्दा आज मात्रै सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१