Siraha Times
ताजा समाचार

सभापति चौधरीद्वारा होली मिलन तथा पार्टी प्रवेश कार्यक्रम

  • चैत ४, २०७८
  • ११७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , ४ चैत । नेपाली कांग्रेस सिरहा क्षेत्र-१ का क्षेत्र सभापति महेश प्रसाद चौधरीको नेतृत्व तथा पहलमा विहिवार होली मिलन कार्यक्रमको आयोजना गरिएको छ । लहान स्थिति एपोलो बोर्डिङ्ग स्कुलमा गरिएको कार्यक्रममा एक आपसमा शुभकामना आदानप्रदानका साथै पार्टी प्रवेश कार्यक्रम पनि गरिएको थियो । पार्टी प्रवेश कार्यक्रममा जसपाबाट लहान - ७ का निर्वाचित वडा सदस्य रामबाबु महतो , एमलेका वडा सदस्यका प्रत्यासी उम्मेदवार प्रमिला देवी विश्वकर्मा , स्थानीय रेखा विश्वकर्मा , राजा ठाकुर लगायत ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेको हो । करिब हजारौं जनाको सहभागीता रहेको कार्यक्रममा सभापति चौधरीले एमसिसिको भ्रम चिर्न प्रशिक्षण दिईएको थियो । उपस्थित नेता, कार्यकर्ता र सर्व-साधारणलाई एमसिसीका विषयमा जानकारी दिई काँग्रेसका उम्मेदवारलाई अबको निर्वाचनमा मतदान गर्न चौधरीले सबैलाई आग्रह गरेका थिए । नेपाली काङ्ग्रेसका सिरहाका जिल्ला उपसभापति सुनिल महतो , नेता विकास शारडा लगायतका नेताहरुको रोहवरमा गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका नव प्रवेशीहरुलाई क्षेत्र समिति द्वारा स्वागत तथा धन्यवाद ज्ञापन गरिएको थियो ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

साउदी अरबमा अलपत्र प ...

ओम प्रकाश यादव,लहान, असार ७ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्ड ...

भगवानपुरमा हाउस वायर ...

ओम प्रकाश यादव लहान, असार ७ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सिरह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१