ताजा समाचार

धुलैधुलोले स्कुले बालबालिका प्रभावित, स्थानीय सरकारको चासो देखिएन्न

  • चैत २, २०७८
  • १०३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/२ चैत। तराई मधेशका जिल्लाहरुमा अतिखेर स्कुलले बालबालिकाहरुको जनजीवन प्रभावित भएको अवस्था छ। स्थानीय तहको सरकारलाई कुनै चासो देखिएको छैन । गाउँघरका सामुदायिक विद्यालयहरुमा पढ्न जाने बालबालिकाहरु निकै समस्य र कष्टदायिबाट गुजि्ररहेका छन। सिरहाको धेरैजसो स्थानीय तहहरुले यसको न्युनिकरणमा उदासीन भएको देखिन्छ । धुलोले सौन्दर्यताको नाश गर्छ नै यसले मानिसमा प्रत्यक्ष असर पनि गर्छ। यसको प्रभाव खासगरी स्कुलले बालबालिका र गाउँ घरका स्थानीय बासिन्दाले भोग्नु परेको अवस्था छ। धुलैधुलोले विभिन्न किसिमको रोगहरु निम्त्याएको अवस्था छ। जस्तो कि शारीरिक , मानसिक संवेगात्मक , श्वासप्रश्वास प्रणालीमा असर, जस्ता अनेकन अवस्था भन्न सकिन्छ । स्थानीय तहका महामहिम अर्थात गाउँपालिका अध्यक्ष , नगरपालिका प्रमुखले करोडौंको बजेट हिनामिना गर्ने गरेको छ, तापनि सडक मर्मत र सडक निर्माण कार्य सम्पन्न गरेको छैन । भनिन्छ "आफ्नो गाउँ, आफै बनाऊ" वास्तवमा जनताले आफ्नो घर वरिपरि सफा राख्ने, सरसफाइ गर्न , अरुलाई अभिप्रेरित गरिने, सामाजिक सद्भाव फैलाउनु हो । अर्को प्रसंग :-बालबालिकालाई राष्ट्रको कर्णधार मानिन्छ । राष्ट्रले विशेषगरी बालबालिकाका लागि स्थानीय सरकार , प्रदेश सरकार र केन्द्र सरकार थप कदम चाल्नुपर्ने अवस्था सृजना गर्नुपर्ने अवस्था देखिन्छ । हरेक गाउँपालिका नगरपालिकाको कर्तव्य हेतु समृद्धि सँगै पालिकालाई सरसफाइ युक्त बनाई राख्नु दायित्व बोध भएता पनि यसको खासै प्रभाव स्थानीय सरकारको देखिएनन् । धुलोलाई नियन्त्रण गर्न निम्नकार्य गर्नुपर्ने अवस्था देखिन्छ :-

- सडकलाई कालोपत्र/ आर. सी. सी ढलान गर्ने ।

- सडकमा जथाभावी फोहोर नफाल्ने।

- पानी ट्याङ्करबा पानी हाल्ने ।

- आफ्नो ठाउँको धुलकन एकत्रित गरि व्यवस्थित गर्ने ।

- गाउँपालिका/ नगरपालिकाले सौन्दर्यताका निम्ति समयसमयमा विशेष किसिमको कार्यक्रम ल्याउनुपर्ने ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤