Siraha Times
ताजा समाचार

अर्नमा गाउँपालिका प्रशासकीय भवननिर्माण कार्यमा तीव्रता

  • चैत २, २०७८
  • ९४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक(रेडियो सौगात) लहान/२ चैत। सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर -३ अर्नमामा ३ तल्ले ५० कोठ्ठे नयाँ प्रशासकीय भवनको निर्माण कार्यमा तीव्रता देखिएको छ। उक्त प्रशासकीय भवनको कुल लागत ७ करोड ६६ लाख ४६ हजार १ सय ६६ रुपैयाँको लगानीमा गाउँपालिकाले निर्माण गर्न लागिएको बताए। आर्थिक वर्ष २०७६/०७७ मा ठेक्का लिइएका लहान - ३ का सी.एम/ बि.बि.बि/ बि. एन. एस. जे.भी. कन्स्ट्रक्सन कम्पनीले ३ वर्षमा निर्माण कार्य पूरा हुने गरि ठेक्का सम्झौता गरिएको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णान्नदन सिंहले बताए । अहिले ठेक्कदार कम्पनी लहान - ३ का सी.एम/ बि.बि.बि/ बि. एन. एस जे. भी कन्स्ट्रक्सन कम्पनीले ३०% प्रतिशत काम पूरा गरेको छ।

Open photo

पहिला निकै नै प्रशासनिक कामकाजका लागि अपठ्यारो र सास्ती भएको हुदाँ प्रशासनिक कामकाजलाई थप स्तरीय बनाउने उदेश्यले सो नयाँ प्रशासनिक भवन निर्माण गर्न लागिएको बताएका छन् । अहिले अर्नमा गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन। ती वडाहरुमा गाउँपालिका स्तरीय योजनाका आधारमा ५०% काम पूरा गरि सकेको गाउँपालिका अध्यक्ष ठकु महतोले बताए । सडक ढलान, कृषि क्षेत्रमा पोलिङ्ग , ट्रान्सफर्मर, सामुदायिक भवन, शिक्षा ,स्वास्थ्य लगायतका क्षेत्रमा स्तरोन्नतिमा लागिएको बताएका छन। यो सँगै समग्रमा जनताको चाहना र हकहितका निम्ति गाउँकार्य पालिका सदैव तत्पर रहेको गाउँपालिका अध्यक्ष ठकु महतोले बताए । अहिले गाउँपालिकामा ५ वटा वडा सङ्ख्याहरु छन । ती हुन वडा नम्बर १ महनौर, २ ब्रहम्पुरी , ३ अर्नमा, ४ गौरीपुर लक्ष्मीपुर , ५ नम्बरमा कृष्णपुर पर्दछन।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१