ताजा समाचार

बाल मैत्री कानुन निर्माणमा अघि बढ्दै कृष्णनगर

  • चैत २, २०७८
  • १००९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, चैत्र २ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा यूनिसेफ र कृष्णनगर नगरपालिकाको सहकार्यमा कृष्णनगर बाल अधिकार समिति एवं सरोकार वालाहरु बिच छलफल गरि समितिको कार्य प्रभावकारिता बढाउन तथा नियमित गर्न निर्देशिका निर्माणका लागि कार्यशाला गोष्ठी समापन भएको छ l कार्यक्रमको उद्घाटन गर्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकालले बाल बालिकाको हक अधिकार सुनिश्चित गर्न स्थानीय तहहरूले बाल मैत्री कानुनको तर्जुमा गर्नु अति आवश्यक रहेकोमा जोड दिनुभयो l युनिसेफ नेपालका प्रकाश कैनीले बाल अधिकार समितिको कार्य अझै प्रभावकारी बनाउन एवं उक्त कार्य स्थानीय कानुनले निर्दिष्ट गरे बमोजिम होस भन्नाका लागि बाल अधिकार समिति र सरोकार वालाहरू बिच छलफल गरि कानुन/निर्देशिका निर्माण आवस्यक रहेकाले नगरपालिका र यूनिसेफको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयोl

कार्यशाला गोष्ठीमा जिल्ला कानुनी सहायता समिति कपिलवस्तुका अधिवक्ता राजु कुमार श्रीवास्तवले सहजीकरण गर्नु भएको थियो l कार्यक्रम संचालन कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयोl कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगर प्रहरी नायब निरिक्षक ऋषि राज पछाई, माइती नेटाल द्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु संयोजक विकाश श्रीवास्तव, कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी,कृष्णनगर नगरपालिका प्रशासन शाखा प्रमुख राजेश मिश्र लगायत प्रहरी, पत्रकार, लगायत अन्यको सहभागिता रहेको थियोl

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤