माओवादी पार्टीमा मेयर बरबरिया स्थानीय तह 'मधेश प्रदेशको ईन्चार्ज'मा चयन

  • चैत २, २०७८
  • ६२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) पार्टीमा धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले अर्को छलाँग लगाएका छन् । केही महिनाअघि मात्र स्थानीय तह विभागको केन्द्रीय सदस्यमा चयन भएका मेयर बरबरियाले मधेश प्रदेशको ईन्चार्जको जिम्मेवारी पाएका छन् । नेकपा (माओवादी केन्द्र) स्थानीय तह विभागको बैठक पार्टी कार्यलय पेरिसडाडामा मँगलबार बसेको बैठकबाट बररियालाई मधेश प्रदेशको ईन्चार्ज तोकेका हुन् । बैठकबाट स्थानीय तह निर्वाचनसंग सम्बन्धित विविध विषयमा छलफल गरिनुका साथै उनलाई स्थानीय तह विभाग अन्तर्गत मधेश प्रदेशको ईन्चार्जको जिम्मेवारी सुम्पिएको हो । स्थानीय तहको चुनावमा पार्टीको तर्फबाट हुने टिकट वितरणको लागि मेयर प्रदेश ईन्चार्जको भूमिका अहम हुने भएकोले उनकै सिफारिसले टिकट वितरण हुनेछ । आउँदो बैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको चुनावमा बरबरियाको सिफारिसले उम्मेदवारहरुको टिकट वितरण हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१