ताजा समाचार

माओवादी पार्टीमा मेयर बरबरिया स्थानीय तह 'मधेश प्रदेशको ईन्चार्ज'मा चयन

  • चैत २, २०७८
  • ७२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) पार्टीमा धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले अर्को छलाँग लगाएका छन् । केही महिनाअघि मात्र स्थानीय तह विभागको केन्द्रीय सदस्यमा चयन भएका मेयर बरबरियाले मधेश प्रदेशको ईन्चार्जको जिम्मेवारी पाएका छन् । नेकपा (माओवादी केन्द्र) स्थानीय तह विभागको बैठक पार्टी कार्यलय पेरिसडाडामा मँगलबार बसेको बैठकबाट बररियालाई मधेश प्रदेशको ईन्चार्ज तोकेका हुन् । बैठकबाट स्थानीय तह निर्वाचनसंग सम्बन्धित विविध विषयमा छलफल गरिनुका साथै उनलाई स्थानीय तह विभाग अन्तर्गत मधेश प्रदेशको ईन्चार्जको जिम्मेवारी सुम्पिएको हो । स्थानीय तहको चुनावमा पार्टीको तर्फबाट हुने टिकट वितरणको लागि मेयर प्रदेश ईन्चार्जको भूमिका अहम हुने भएकोले उनकै सिफारिसले टिकट वितरण हुनेछ । आउँदो बैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको चुनावमा बरबरियाको सिफारिसले उम्मेदवारहरुको टिकट वितरण हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤