राष्ट्रिय युवा संघ नेपालको ८ औं बैठक सिरहाको धनगढीमा सम्पन्न

  • चैत १, २०७८
  • ५६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ चैत - सिरहाको धनगढीमाई नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको ८ औं बैठक सम्पन्न भएको छ्। राष्ट्रिय युवा संघ नेपालको जिल्ला अध्यक्ष ईन्द्रेश राउतको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा संघका स्थाई कमिटी सदस्य बैध्यनाथ साह रहनु भएको थियो। बिशिस्ट अतिथिमा नेकपा एमालेको केन्द्रिय सदस्य रामपृत राम रहनु भएको थियो।पार्टीको सर्कुलर युथफोर्स नेपालको सपथ ग्रहण अध्यक्ष ईन्द्रेश राउतले राष्ट्रिय युवा संघ नेपाल सिरहाको जिल्ला अध्यक्ष पदबाट राजीनामा दिई उपाध्यक्ष रहनु भएका जयप्रकाश शर्मालाई सिरहा संयोजकमा चयन गरेका हुन्। संयोजक सहित १०१ जनाको जिल्ला अधिबेशन आयोजक कमिटी गठन गरिएको छ। उक्त कार्यक्रममा सयौं युवा नेताहरुको सहभागीता रहेको आयोजक टिमको प्रतिनिधि बिरेन्द्र कुमार महतोले जानकारी दिनु भयो। नगरका वरिष्ठ नेता शिव शकर महतो लगायतका नेताहरुको उल्लेखनीय सहभागीता रहेको थियो।नेता जय प्रकाश शर्मा ईमानदार र समाज सेवा गर्न बिगत देखि गर्दै आएका हुन।

प्रतिक्रिया दिनुहोस

पत्रकारिता न्यायको ख ...

ओम प्रकाश यादव, लहान, साउन १३ । जिल्ला समन्वय समिति सिरहाका प्रमुखको घरबारे सामाजिक सञ्जालमा हालै दे ...

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१