सिरहाको धनगढीमाई नगरपालिकाको नमुना भवनको उद्धघाट्न

  • चैत १, २०७८
  • १२५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १, चैत्र । कार्यालयको आफ्नो भवन नहुँदा कर्मचारी सेवाग्राही र जनप्रतिनिधिहरु लाई समस्या हुनु स्वभाविक हो । यिनै समस्या संग मुलुकका अधिकांश पालिकाहरु जुधिरहेका छन् । सिरहाको धनगढीमाई नगरपालिकाका जनप्रतिनिधिहरु निर्वाचित भएको दिन देखि नै भवनको आभाव खेप्दै आईरहेको थियो । एकीकृत रुपमा एकै ठाउँमा सेवा दिन ईच्छा हुँदाहुँदै पनि भवनको आभावमा फरक - फरक तिन स्थानमा सेवाग्राहीलाई सेवा दिन बाध्य भएको एकजना जनप्रतिनिधि प्रकाश योन्जनले सुनाए । उक्त समस्यालाई पुर्णरुपमा सामाधान गर्न नगरपालिकाले प्रविधियुक्त स्मार्ट खाले आफ्नै प्रमुख प्रसाशकीय भवनको निर्माण कार्य सम्पन्न गरेको छ ।

नगरपालिकाले कार्यालयको कामकाज छिटो, छरितो र सहजरुपमा प्रवाह गर्न सुविधा युक्त ( डिजिटल प्रविधिमुलक) भवन निर्माण गरेको छ । नगर प्रमुख हरिनारायण चौधरीले वडा नम्बर - १० मा निर्माण भएको पाँच तल्ले प्रमुख प्रशासकीय भवनको सोमबार उदघाटन गरेको छ । करीब १४ करोड्को कुल लागतमा संघिय सरकारको विशेष अनुदान र नगरपालिकाको आफ्नै लगानीमा भवन निर्माण कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेले बताए ।

लिफ्ट सिस्टम , प्रत्येक कोठामा एसि , सिसि क्यामरा लगायत सम्पुर्ण डिजिटल प्रविधी, तल्लो तल्लाको अन्डरग्राउन्डको कम्पाउण्ड भित्र गाडी पर्किङ्ग गर्ने सुविधा सम्पन्न भवन निर्माण गरिएको नगर प्रमुख हरिनारायण चौधरीले बताउनुभयो । आर्थिक बर्ष ०७५/०७६ मा सुरु गरिएको भवन निर्माणको कार्य निर्धारित समय अबधि (३बर्ष ) भित्रै सम्पन्न गरिएको छ।

भवन निर्माण गर्न काठमाडौंको खानी मिसन जेभि कम्पनिले ठेक्का लिएको थियो । कार्यालयको आफ्नो भवन नहुँदा पञ्जिकरण शाखा , सुचना प्रबिधि शाखा , प्राबिधिक , रोजगार , शिक्षा स्वास्थ्य , न्यायिक समिति लगायतका शाखाहरु फरक फरक ठाउँमा संचालन भैरहेको थियो । अब एकीकृत रुपमा एकै ठाउँबाट कार्यालयको काम सुरु हुने भएपछी आफुहरु धेरै नै खुसी भएको स्थानीय सुजित कुमार चौधरीले बताएका छन् । भवन निर्माण गर्न स्थानीय समाजसेवी पुनम कुमारी महतो र कपिलदेव महतोले करोडौं मुल्य पर्ने १३ कठ्ठा क्षेत्रफलको जग्गा नि:शुल्क दान गरेको छ । उक्त नव - निर्मित भवन सिरहाको १७ स्थानीय तहहरुको भवन मध्ये नमुना भवन भएको स्थानीयहरु बताउँछन् ।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

जनमत पार्टीका नेता ब ...

ओम प्रकाश यादव लहान जेठ १ । सिरहा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ का संभावित उम्मेदवार तथा जनमत ...

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहामा ब्राह्मण–मण् ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । सामाजिक सुधार अब भाषण वा नारामा मात्रै सीमित नरहने संकेत दिने एउ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१