‘सामुदायिक विद्यालय रुपान्तरणका कार्ययोजना अगाडी बढाएको छु’:मन्त्रि पोखरेल

  • कार्तिक ६, २०७५
  • १०४६ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ०६ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले सामुदायिक बिद्यालयलाई प्राथमिकतामा राखी परिबर्तन गर्न कार्यायोजना बनाईएको बताएका छन् । शहिद गौरी प्रसाद साहको १५ औं स्मृति दिवसलाई मंगलबार मिर्चैयामा सम्बोधन गर्दै मन्त्रि पोखरेलले सामुदायिक बिद्यालयमा रुपान्तरणका लागि २२ बुँदे कार्य योजना अगाडी बढाईएको बताएका हुन् । परिक्षामा कम ग्रेड आउने बिद्यार्थीलाई शिक्षा संकायमा भर्ना गर्ने नितिलाई पुनः बिचार गर्नु गर्ने अबस्था आएको भन्दै मन्त्रि पोखरेलले अहिलेको शिक्षा प्राविधिक र सिपमुलक  हुनुपर्नेमा जोड दिए । 
जलबायु परिबर्तनको समस्यालाई न्युन गर्न प्रत्येक बिद्यालयमा बृक्षारोपन गरी हरित अभियान संचालन गर्ने उनले दाबी गरे । सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता बिषयमा ऐन बनाएर राष्ट्रपति कार्यालयबाट प्रमाणिकरण गराएर कार्यान्बयनको क्रममा रहेको समेत मन्त्रि पोखरेलले बताए । 
 
शहिदले देखाएको सपना सकार पार्नमा बर्तमान सरकार लागेको भन्दै मन्त्रि पोखरेलले उनीहरुले देखाएको बाटोलाई अनुसरण गर्दै जाने स्पष्ट गरे । उनले भने ‘देशमा तीन तहको बलियो सरकार, ५० प्रतिशत भन्दाबढी नेकपाको पक्षमा जनमत, नेपाली जनताको त्याग तपस्या, शहिदको बलिदानीले आएको छ ।’  

कार्यक्रमलाई सम्बोधन गर्दै सिरहा क्षेत्र नं. ४ ‘क’ प्रदेश सभाका सदस्य दिलिप कुमार साहले शहिदहरुको सपना पुरा गरी उनीहरुले देखाएको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् । सिरहाका सबै शहिदहरुलाई एकैदिन, एकै स्थनमा श्रद्धान्जली सभा गर्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा राष्ट्रपतिका स्वकिय सचिव जिबछ साहले कम्युनिष्टको काम देखेर प्रतिपक्षी दलहरु हतोत्साहित भएको बताए् । 

 
मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबको अध्यक्षतामा भएको स्मृति दिवसमा स्वर्गिय साहको बिषयमा नेकपाका नेता बिष्णुलाल वाइवाले प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रदेश सदस्यहरु क्रमशः दिलिप साह, राम कुमार यादब, प्रमोद यादब, मिर्चैया नगरपालिकाका उपमेयर जिबछी देबि साह, कर्जन्हा नगरपालिकाका उपमेयर ज्ञानु श्रेष्ठ, गोलबजार नगरपालिकाका मेयर देबनाथ साह, उपमेयर रेशम कुमारी थापा, धनगढीमाई नगरपालिकाका मेयर हरी नारायण चौधरी, शहिद साहका पुत्र बिजय कुमार साह लगायतका रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको बसपार्कमा ...

अजय मिश्र, कृष्णनगर ,कपिलवस्तु जेठ १९ कपिलवस्तु जिल्लाको कृष्णनगरको बसपार्कमा वडा कार्यालयको सहयोगमा ...

उपेन्द्र यादव र मलेस ...

क्वालालम्पुर, मलेसिया । मलेसिया भ्रमणमा रहनुभएका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र ...

मलेसियामा जसपानिकट ३ ...

मलेसिया । जनता समाज पार्टी ( जसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१