को बन्ला नेकपा(एमाले) कृष्णानगर मेयर पदको उम्मेदवार..?

  • चैत १, २०७८
  • ७१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु - निर्वाचन आयोगले वैशाख ३० गते स्थानिए चुनाव घोषणा गरे पछि स्थानिए चुनावमा भाग लिने उम्मेदवारहरु राजनितीक समाजिक गतिविधीहरुमा तिव्रताका साथ ग्रामीण क्षेत्रमा घर दैलों गरि जनता फकाउने काममा लागेका छन। तर नेकपा (एमाले)ले स्थानिए चुनावमा भाग लिने उम्मेदवारहरुको नामावली प्रकाशन नगरेको कारणले कृष्णानगर नगरपालिकाको मेयर पदको राजनितीमा हल्लाखल्ला भएको छ।

नेकपा(एमाले) बाट मेयर पदको टिकट पाउने आस राखि मिर्ज़ा राशिद बेग, शिवप्रसाद जयसवाल तथा कुनाल प्रताप शाहले नेता तथा जनताहरुसंग जनसम्पर्क बढाउदै जनता बीच आआफुलाई प्रबल प्रत्याशी‌ रहेको साबित गरि रहेको स्थानिएहरुले बताउदै छन।
यही सन्दर्भमा नेकपा एमाले कपिलवस्तु जिल्लाअध्यक्ष डम्बर शर्मा संग कुरा गर्दा अहिलेनै कृष्णनगरको मेयर पदको टिकट कसले पाउने कुरा यकिन भइ सकेको छैन। नगर कमिटी,जिल्ला कमिटीको सिफारिशमा प्रदेशले केन्द्रबाट अनुमोदन गराए पछि मात्रै नेकपा एमाले कृष्णनगरको मेयर पदकों उम्मेदवार हुने बताउदै अहिलेनै आफुलाई म मेयर पदको प्रत्याशी हुं भनेर भन्नु पर्ने आवश्यकता नरहेको बताए। कुनाल प्रताप शाह अधिकारीक रुपमा पार्टी प्रवेश गरेका छैन्न तर आफु पार्टी प्रवेश गर्न चाहेको जानकारी गराएको‌ कुरा जिल्ला अध्यक्ष शर्माले बताएका छन। 

२०७०/०७१ सालमा राजपा परित्याग गरि  नेकपा एमालेमा प्रवेश गरेको युवा नेताका रूपमा उदायका मिर्ज़ा राशिद बेग हालमा राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरको अध्यक्ष तथा नेकपा एमाले कृष्णानगर समिती सचिवालय सदस्य रहेका छन। मिर्जा राशिद बेग आफ्नै गाउठाउमा उद्योग संचालन गरि कृष्णानगर क्षेत्रका बेरोजगार युवा तथा महिलाहरु लाई रोजगारी श्रृजना गरि क्षेत्रका गरिब असहाय जनताको मन जित्न सफल रहेका
 छन। विभिन्न समयमा समाजिक ,शिक्षा, स्वास्थ्य तथा रोजगार लगायत अन्य क्षेत्रमा आफु सक्दो सहयोग गर्दै आएका छन। साथ साथै कृष्णनगरमा नेकपा एमाले लाई बलियो रूपमा स्थापित गर्न आफ्नै पहलम कृष्णानगर नगरपालिका वड़ा ३ माओवादी केन्द्रबाट जितेका वडा अध्यक्ष,सदस्य तथा उद्योग वाणिज्य संघ कृष्णनगरका पुर्व अध्यक्ष लगायत सयौंको संख्यमा विभिन्न पार्टीमा रहेका व्यक्तिहरुलाई नेकपा एमालेमा प्रवेश गराउन अहमभुमिका खेलेको साथै मिर्जा राशिद बेगका दाजु मिर्जा अरशद बेग नेकपा (एमाले) को केन्द्रीय राजनीतिमा मजबूत पकड बनाएका साथै हाल मुस्लिम आयोगका सदस्य समेत रहेकाले मिर्जा राशिद बेगको टिकट पाउने सम्भावना बढी रहेको स्थानिए समर्थकहरु बताएका छन।

२०५४सालमा एमाले बाट बहादुरगंज गाविस अध्यक्षको चुनाव जिती राजनितीमा सक्रिय योगदान‌ दिदै परिचित रहेका शिव प्रसाद जायसवाल स्थानिए चुनाव २०७४मा नेकपा माओवादी केन्द्र कृष्णनगर नगरपालिका मेयर पदको उम्मेदवार भइ लगभग ३०८० मत ल्याई दोस्रो स्थान हासिल गरेका थिए।
जयसवाल २०७७सालमा नेकपा एमाले‌ प्रवेश गरि सक्रिय राजनिती तथा जनताको सुख दुखमा सहभागी भइ पार्टीको हकहितको लागि आफु बाट हुने सहयोग गरि रहेको बताए साथै जयसवालका समर्थकहरु मेयर पदको लागि वहां नै टिकट पाउने दाबी गर्दै आएका छन। 

जल्दोबल्दो कृष्णनगरको राजनितीमा प्रवेश‌ गरि नेपाली कांग्रेसमा रही राजिनिती गर्दै आएका कुनाल प्रताप शाह नेपाली कांग्रेस परित्याग गरि औपचारिक रुपमा चैत्र १४ गते नेकपा एमाले प्रवेश‌ गर्ने तैयारीमा रहेको शाहले बताएका छन। मेयर पदका आकांक्षी रहेका शाहले नेकपा एमालेका जिल्ला देखि केन्द्र सम्माका नेताहरु संग सम्पर्क बढाएका छन।

प्रतिक्रिया दिनुहोस

राउ स्मारक अस्पतालमा ...

रहमुल लहान १० जेठ । सिरहाको लहान स्थित रा.उ. स्मारक अस्पतालमा डाक्टरहरूको लापरबाहीका कारण सप्तरी पंस ...

नाम मात्रको भर्ना अभ ...

लहान, जेठ १० । लहान नगरपालिका–१ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयको हालै गरिएको अनुगमनले ...

इलाका प्रहरी कार्याल ...

अजय मिश्र, कृष्णनगर, जेठ १० इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१