माओवादी केन्द्र विजयनगरको अध्यक्षको ट्याक्टर बालुवा चोर्दा समातियो

  • फागुन ३०, २०७८
  • ९१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , फागुन ३० कपिलवस्तुको विजयनगर गाउँपालिकामा नदीजन्य पदार्थ चोरेर ल्याउँदै गर्दा २ सवारी साधन पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गणेसपुरको अनुसार आइतवार लोहरौला नजिकको खोलाबाट लु ३ त ५५१० नम्वरको टयाक्टर र रा १ ख १५३५ नम्बरको टिप्पर पक्राउ परेको बताइएको छ । पक्राउ परेको ट्याक्टर नेकपा माओवादी केन्द्र विजयनगर गाउँ कमिटि अध्यक्ष तेज प्रसाद पौडेलको रहेको स्थानीय कैलास भारतीले जनाएका छन् । माओवादी केन्द्र जस्तो जिम्मेवार दलको प्रमुखको सवारी साधन चोरी गरेको अवस्थामा पक्राउ हुनु लाजको विषय भएको स्थानीयले बताएका छन् । पक्राउ परेका सवारी साधन सोमवार विजयनगर गाउँपालिकालाई जरिमाना तिराई खुसुक्क निकालिएका छन् । पालिकाले सवारी साधनलाई १० हजार रुपैयाँ जरिमाना तिराएको छ ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१