Siraha Times
ताजा समाचार

अश्लिल क्रियाकलापमा सँलग्न महिलासहित पाँच नियन्त्रणमा

  • कार्तिक ५, २०७५
  • ११६२ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान, ५ कात्तिक । सिरहाको वरियारपटि चौक स्थित रहेको एक होटलबाट आईतवार राती ११ बजेतीर अश्लिल क्रियाकलापमा संलग्न रहेको पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीयहरुलाई महिला र मदिराप्रति आकर्षण गर्न गराउँन सिमाक्षेत्रका स्थानीय होटलवालाहरुले अश्लिल क्रियाकलाप गर्दै आएको छ । वरियारपट्टी स्थित रहेको होटलबाट अश्लिल क्रियाकलापमा रहेका भारत विहारको मधुबनीको बरुवार बस्ने काशिनाथ सिंह, मुकेश सहनी, उषान्त सहनी, विजयकुमार यादवलाई वरियारपटी प्रहरीले नियन्त्रणमा लिएका छन् । यसैगरी, रौतहटकी १६ बर्षीया राधा सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वरियारपटीमा यस्ता होटल तीन वटा रहेको छ । सिरहाको सिमावर्ती बजारहरु माडर, झाझपट्टी, ठाडी, बरियारपटीलगायतको ठाउँमा मदिरा पसलमा अश्लिल क्रियाकलाप हुँदै आएको छ । सिमाक्षेत्रको होटलहरु भारतीय ग्राहकले ज्यादत्तर चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१