Siraha Times
ताजा समाचार

किन रामानन्दले गरे, राजेश राय यादवको समर्थन (पुरा प्रमाण सहित)

  • फागुन २९, २०७८
  • १०९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा, २९ फागुन / नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा रामानन्द यादवले सभापतिको रुपमा राजेश राय यादवलाई समर्थन जनाएको बारे सत्य कुरा बाहिरिएको छ । राजेश राय यादवलाई रामानन्द यादवले समर्थन गर्न अघि मेयरको टिकटको शर्तमा समर्थन गरिएको बारे सम्झौता पत्रमा उल्लेख भएको कागज बाहिरिएपछि उजागर भएको हो । कलैया उपमहानगरपालिकाको मेयर पदको लागी शर्त राख्दै गरेको सहमतिको बिषयमा गरिएको कागजी प्रकृयाले समर्थन, स्वार्थमा भएको बारे उजागर भएको छ । आफ्नो स्वार्थको लागी गरिएको सहमतिको बिरोध जनाउदै मनोज भठको नेतृत्वमा सचिव पदको लागी उम्मेदवारी दिएका राजेश रौनियार, सह—सचिवका उम्मेदवार राजेश सिंह लगायत नेताहरुले शम्भु बहादुर बुढाथोकीलाई समर्थन गर्ने जनाएका छन ।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै मनोज भठले नेपाली कांग्रेस पार्टीको सभापतिमा राजेश राय यादव कुनै किसिमले उपयुक्त नदेखिएकोले आफ्नो समर्थन शम्भु बहादुर बुढाथोकीलाई गरेको बताए । उहाका अनुसार बोल्न समेत नजान्नेले आफ्नो पार्टीको हितमा काम गर्नै नसक्ने बताउदै बुढाथोकीलाई समर्थन गरिएको बताउनु भयो । त्यस्तै नेता राजेश रौनियारले हालसम्म आफ्नो पार्टी भित्र कुनै किसिमको योगदान राजेश राय यादवले नगरेको बताउदै आफ्नो समर्थन शम्भु बहादुर बुढाथोकीलाई गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाले पार्टीको हित विपरीत कार्य गर्नेहरुको समर्थनमा आफु कहिलेपनि नजुटने बताउदै समर्थन गरिएको बताए । शम्भु बहादुर बुढाथोकी इमान्दार र आफ्नो पार्टी प्रति वफादार रहेको कारण आफुहरुले समर्थन गरेको नेता रौनियारले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१