Siraha Times
ताजा समाचार

जनता प्रगतिशील पार्टी नेपालको विजयनगरमा १७ सदस्य वडा कमिटी गठन

  • फागुन २६, २०७८
  • १११६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, फागुन, २६ कपिलवस्तु जिल्लाको विजयनगर गाँउपालिका वडा नं १ मा जनता प्रगतिशील पार्टी नेपालको प्रभु यादवको अध्यक्षतामा वडा कमिटी गठन गरिएको छ l उपाध्यक्षमा रघुनाथ यादव र बिरेंद्र मिश्र, सचिवमा ओम प्रकाश खटिक, सह सचिवमा अवधराम कहार, कोषाध्यक्ष सोनी कलवार लगायत १७ सदस्यि वडा कमिटी गठन गरिएको छ l जनता प्रगतिशील पार्टीका केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र)को प्रमुख अतिथ्यमा तथा जग नारायण जयसवालको अध्यक्षतामा कमिटी गठन गरिएको छ l

शिवराज नगरपालिकाका जनता प्रगतिशील पार्टी नेपालका नेता राम निवास यादव, कृष्णनगरका युवा नेता लवकुश तिवारी, सम्भु पाण्डेय लगायतले कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीको किन उदय भयो, यो पार्टीको आवस्यकता किन छ, पार्टीले जनता प्रति उतरदायी भई काम गर्ने लगायत किसानको हक अधिकारका लागि पार्टीले काम गर्ने भएकाले किसानहरु पार्टीमा धेरै सहभागी हुदै गएको कुरामा प्रकाश पारेका थिए l पार्टी दर्ता भएपछि पार्टी लोकप्रियता पाउदै गएको साथै पछिल्लो समयमा जनता प्रगतिशील पार्टी नेपालमा जनता हरू पार्टीको सदस्य हुने होडबाजी चलिरहेको स्थानीय हरू बताएका छन् l

कम समयमा जनता प्रगतिशील पार्टी नेपाल लोकप्रिय बन्दै गएको वडा, पालिका, जिल्ला स्तरको कमिटी विस्तार गर्दै जाने र जनता प्रगतिशील पार्टी नेपाल लाई उचाई सम्म पुर्याउने पार्टीका केन्द्रीय महासचिव मिश्रले बताउनुभयो l जनता प्रगतिशील पार्टी नेता नरेंद्र कुमार उपाध्याय, पहलवान तेली लगायत सयौँ को संख्यामा उपस्थित रहेको थियोl

प्रतिक्रिया दिनुहोस

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

साउदी अरबमा अलपत्र प ...

ओम प्रकाश यादव,लहान, असार ७ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्ड ...

भगवानपुरमा हाउस वायर ...

ओम प्रकाश यादव लहान, असार ७ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सिरह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१