Siraha Times
ताजा समाचार

सिराहामा कांग्रेसको समानन्तर जिल्ला समिति गठन

  • फागुन २५, २०७८
  • ११२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/२५ फाल्गुन। नेपाली कांग्रेसको संस्थापन पक्षले निर्वाचनमा धाँधली गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर जिल्ला कार्य समिति घोषणा गरेकाे छ। गत सोमबार भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मतदान बहिष्कार गरेको संस्थापन इतरको समूहले सभापतिका प्रत्यासी रामसुन्दर चौधरीको नेतृत्वमा समानान्तर समिति घोषणा गरेको हो। सिराहा सदरमुकामस्थित जिल्ला समन्वय समितिको समीक्षालय भवनमा असन्तुष्ट पक्षको बैठक बसेर चौधरी नेतृत्वको प्यानललाई नै कार्य समिति घोषणा गरेको हो। जिल्ला कार्यसमिति घोषणा गर्दै निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा समूहका रामचन्द्र यादव नेतृत्वको कार्यसमितिलाई नमान्ने निर्णयसमेत गरेको छ।

दुईतिहाइ प्रतिनिधि आफ्नो पक्षमा भए पनि रामचन्द्र यादवले शक्ति र प्रहरी प्रशासनको आडमा निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको चौधरी पक्षको आरोप छ। यो चुनाव रद्द गरेर नयाँ निर्वाचन सदरमुकाममा गरिनुपर्ने माग उनीहरूले गरेका छन्। पुनः निर्वाचन नभएमा आफूहरूले सबै गतिविधि यही समितिमार्फत सञ्चालन गर्ने महासमिति सदस्य डा. सुभाचन्द्र यादवले बताए। चुनावमा धाँधली भएको भन्दै चौधरी पक्षले मतदान चलिरहेकै वेला सोमबार साँझ ६ बजे नै मतदान बहिष्कार गरी नाराजुलुस गर्दै विरोधमा उत्रिएका थिए।

निर्वाचनमा धाँधली गराउनुमा गृहमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य मञ्जु खाणको मुख्य भूमिका रहेको चौधरी पक्षको आरोप छ। जसमा सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाको सहयोग रहेको महासमिति सदस्य डा. यादवले आरोप लगाए। (नयाँ पत्रिका दैनिकबाट)

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१