Siraha Times
ताजा समाचार

बाल बालिकाको संरक्षण कृष्णनगरको प्राथमिकता :- नगर प्रमुख शाह

  • फागुन २५, २०७८
  • १२०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, फागुन २५ युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको नाममा गरिने हिंसात्मक व्यवहार, बालश्रम, बाल विवाह, लैंगिक हिंसा, मानव बेचविखन र आनलाइन सुरक्षा सम्बंधि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छl कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियोl कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख शाहले बाल बालिका माथि हुने कुनै पनि प्रकारको हिंसामा शून्य सहनशीलता अपनाउन सहभागीहरू लाई आग्रह गर्दै बाल बालिकाको संरक्षण कृष्णनगर नगरपालिकाको पहिलो प्राथमिक बिषय रहेको जानकारी दिनुभयो l

कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै युनिसेफका प्रकाश कैनिले बाल बालिका माथि हुने सबै प्रकारका हिंसा हरूको निवारण हुनु पर्ने भएकाले विद्यालय र परिवार भित्र बाल बालिका हरू सुरक्षित रहनका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरूको महत्वपूर्ण भूमिका रहने हुनाले उनीहरु बिच छलफल गरि के - कसरी बाल बालिका हरूलाई सुरक्षित गर्न सकिन्छ भन्ने बारेमा कार्यक्रम तय गरिएको बताए l कार्यक्रममा सहजकर्ता आर. टि. खानले बाल संरक्षण सम्बंधि विविध बिषयवस्तुमा सहजीकरण गरे l सहभागी दश ओटा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरूले छलफल गरि बाल बालिका माथि हुने हिंसा निवारण गर्न आफूहरू प्रतिबद्ध रहेको बताए l कार्यक्रम कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले संचालन गर्नुभयोl

प्रतिक्रिया दिनुहोस

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१