Siraha Times
ताजा समाचार

३७५ मिटर लम्बाईको आर.सि.सी पक्की सडक ढलान उद्घाटन

  • फागुन २५, २०७८
  • १०९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २५ फाल्गुन - सिरहाको सखुवानानकारकट्टी गाउँपालिका वाडा नम्बर २ मा ३७५ मिटर लम्बाई १० फिट चौडाई ६ ईन्च उच्चईमा आर.सि.सी. ढलान सुरु भएको छ्। सम्बन्धित वाडाका अध्यक्ष बिलटु यादवको केहि महिला अगाडि मृत्यु भएको थियो।मृतक यादवका उक्त सडकलाई पकी सडक बनाउन निकै उत्साही रहेका थिए। ऊनी सडक बनाउनु भन्दा अगाडी नै उनको केही कारण बस मृत्युु भएको थियोे। स्वर्गीय बिलटु यादव हजारौं जनप्रतीनिधि मध्येबाट उनी बिकास प्रेमी र स्वच्छ विचारका इमानदार ब्यक्तीको रूपमा प्रचलित रहेका थिए।उनले बोकेका बिकासका सपनालाई गाउँपालिका अध्यक्ष यादवले उक्त ठाँउलाई विशेष प्राथमिकताको साथ बिकासको काम अगाडि बढाएको स्थानीय समाजसेवी रामऔतार यादवले जानकारी दिनु भयो।

गाउँपालिकाको अध्यक्ष केदार नाथ यादवको प्रमुख आतिथ्यता र प्रमुख प्रसास्किय अधिकृत राजिब झा लगायत गाउँपालिकाका इन्जिनियर राधेश्याम यादव,उपाध्यक्ष अमला देबी यादव,नेता मानबिर यादव, राम रोदन यादव,शिक्षक चन्द्र मोहन यादव लगायत दर्जनौं समाजसेबीहरुको उपस्थित र सम्बन्धित वाडाका कार्यबाहक वाडा अध्यक्ष धनिक लाल यादव लगायत ब्यक्तीहरुको उपस्थितिमा ढलान कार्य सुरु भएका हुन्।

गाउँपालिकाको वार्षिक बजेटबाट बिन्योजीत कर २५ लाख रुपैयाँ भणडारी घर देखि मुखिया घर सम्मको पक्की सडक निर्माणको योजनामा पालिकाबाट २५ लाख रकम बिन्योत गरेका छन्।उक्त पक्की सडक निर्माण गर्न ७ सदस्य उपभोक्ता समिति गठन गरेका छन्। उपभोक्ता समितिको अध्यक्षमा धर्मनाथ यादव,कोषा अध्यक्ष शमुन्द्री देबी यादव,सचिब जगदीश मंण्डल लगायतका सदस्यहरु गठन गरेका छन्।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१