Siraha Times
ताजा समाचार

मधेसमा कसले फहराए पाकिस्तानको झण्डा ?

  • कार्तिक २, २०७५
  • ३५८२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

कार्तिक २ रौतहट जिल्लामा एक मुस्लिमको घरमाथि पाकिस्तानको राष्ट्रिय झण्डा देखा परेको छ । जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नंबर ९ को बडहर्वा गाउँको एक मुस्लिमले आफ्नो निजि घरमा पाकिस्तानको राष्ट्रिय झण्डा झुन्डयाएको हो । झण्डाले कतै न कतै ठूलो द्वन्दको योजना रहेको यो झण्डाले बुझिएको हो । पाकिस्तानको राष्ट्रिय झण्डा आफ्नो निजी घरमा लगाउन कानुनी अपराध रहेता पनि सो गाउँका एक मुस्लिम ब्यक्तिले ३/४ महिना अगाडि ठुलो बाँसमा पाकिस्तानको झण्डा झुण्ड्याएर राखेको हो । झण्डा झुण्ड्याएको ठाउँबाट लगभग ३ सय मिटरको दुरीमा शस्त्र बेश क्याम्प रहेको स्थानीय एक जनाले जनाएको हो । सो गाउँमा १ सयको हराहारीमा मुस्लिम समुदायको घर रहेको र २५/३० को हराहारीमा हिन्दु समुदायको घर रहेको एक जना स्थानीयले जनाएको हो । त्यस्तै दशैंको छठौं दिन राजपुर नगरपालिकाको पानी टंकी नजिक दुर्गा माताको पुजा अर्चनाका लागि निकालिएको कलस यात्रामा यो बाटो जान दिन्न भन्दै मुस्लिम समुदायका केही ब्यक्तिले रोक लगाएपछि दुवै पछ बिच झै-झगडा भएको थियो ।  झै(झगडामा दर्जनौं बालबालिका सहित महिलाहरु पनि घाइते बनेको थियो । यस्तो हुदा कतै न कतै ठूलो द्वन्दको संकेत यो झण्डाले देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१