सर्वेश पाण्डेय ( राजा पाण्डेय) लगायत दर्जनौं व्यक्ति जनता प्रगतिशील पार्टीमा प्रवेश

  • फागुन २१, २०७८
  • ७६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन २१ जनता प्रगतिशील पार्टी नेपालमा कपिलवस्तु जिल्लामा प्रवेश गर्नेको लहर चलिरहेको जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रले बताएका छन् l कपिलवस्तु जिल्लाको विभिन्न स्थानका सयौं को संख्यामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील पार्टी तर्फ आकर्षण बढ्दै गएको छ l केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा महासचिव ईश्वर दयाल मिश्रले पार्टीको विधान जनता माझ लैजादै किसान लाई भातृ संगठन होइन मातृ संगठन मानेर अगाडि बढ्ने लगायत जनताको हकहीत सुरक्षित रहेको एक मात्र पार्टी जनता प्रगतिशील पार्टी रहेको बताएका छन् l विजयनगर गाउँपालिका वडा नं १ राष्ट्रीय जनमोर्चा पार्टी वडा कमिटी अध्यक्ष प्रभु यादव सहित धेरै व्यक्ति जनता प्रगतिशील पार्टीमा प्रवेश गरेका छन् l कांग्रेसका क्षेत्रिय प्रतिनिधि अशीष मिश्रा र कृष्णनगर नगरपालिका वडा नं १० कांग्रेस पार्टी वडा सभापति पदका उम्मेदवार राजु यादव लगायत विभिन्न पार्टी परित्याग गरेर जनता प्रगतिशील पार्टी तर्फ आकर्षित भएको देखिएको छ l साथै कपिलवस्तुमा विकास प्रेमी नेतका रूपमा परिचत रहेका पूर्व मंत्री ईश्वर दयाल मिश्र पार्टीको महासचिव भएको ले धेरै व्यक्तिको रोजाई जनता प्रगतिशील पार्टी भएका ले थोरै समयमा कपिलवस्तु बाट हजारौं व्यक्ति पार्टी प्रवेश गरेको स्थानीयले बताउदै आएका छन् l शिवराज नगरपालिका वडा नं ५ चन्द्रौटामा रहेको जय बुद्धा आटो ट्रेडिंग प्राइवेट लिमिटेडका सब डीलर सर्वेश पाण्डेय ( राजा पाण्डेय) लगायय दर्जनौं व्यक्ति जनता प्रगतिशील पार्टीमा प्रवेश गरेका छन् l

प्रतिक्रिया दिनुहोस

पत्रकारिता न्यायको ख ...

ओम प्रकाश यादव, लहान, साउन १३ । जिल्ला समन्वय समिति सिरहाका प्रमुखको घरबारे सामाजिक सञ्जालमा हालै दे ...

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१