युवाहरु नै देशका भविष्य हुन:- खां नेपाली

  • फागुन २०, २०७८
  • ६८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन २० नेकपा माओवादी केन्द्र को भातृ संगठन योङ कम्युनिष्ट लीग(YCL) कृष्णनगरको नगर सम्मेलन बाट कृष्णनगरका आरिफ अलि खां नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन। वृहस्पतिवारका दिन कृष्णनगर नगरपालिका वडा नं २मा योङ कम्युनिष्ट लीग(YCL) कृष्णानगरको सम्मेलनमा युवाहरुको उत्साह आरिफ अलि खां तिर बढ़ी रहेकाले पार्टीका नेताहरु पनि योङ कम्युनिष्ट लीग कृष्णानगरको अध्यक्षमा आरिफ अलि खां, वरिष्ठ उपाध्यक्ष व्रिजेन्द्र कुमार कश्यप,उपाध्यक्ष जुम्मन खां,रोहित पाण्डेय,सचिव मुजिम शाह , सहसचिव अनिसुर्रहमान, कोषाध्यक्ष मनोज कुमार शर्मा चयन गरिएको छ। नगर सम्मेलनले ९७ सदस्सीय नगर कमिटी गठन गरेको छ। आरिफ अलि खां नेकपा माओवादी केन्द्र पार्टीमा रही निरन्तर पार्टी तथा जनताको हकहितको लागि गर्नु पर्ने सहयोगहरु गरि रहे का छन जनताको घर घरमा पुगी नेकपा माओवादी केन्द्र पार्टीको निती सिद्धांत बारे जानकारी गराइ नया पुस्तालाई माओवादी केन्द्रमा जोडने काम निरन्तर गरि रहेको र आउने स्थानीय चुनावमा (YCL) कृष्णनगर कमिटीले पुर्ण सक्रियताका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता नगर अध्यक्ष खांले बताएगा छन।

राष्ट्रीय युवा संघ नेपाल प्रथम नगर सम्मेलन कृष्णानगर कार्यक्रमको अध्यक्षता कृष्णानगर नगर कमिटि अध्यक्ष जावेद आलम खां, कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य मौलाना मशहुद खां नेपाली , विशिष्ट अतिथि राष्ट्रीय मदरसा संघ नेपाल तथा मुस्लिम मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य डा अब्दुल गनी अलकुफी,नेकपा माओवादी केन्द्र कृष्णानगर नगर सचिव गणेश प्रसाद बन्जाडे रहेका थिए। कार्यक्रमका प्रमुख अतिथी नेपालीले युवाहरु नै देशका भविष्य हुन र यो भातृ संगठनले नेकपा माओवादी केन्द्रका पार्टी को सिद्धांत प्रति समर्पित भइ देश हितमा काम गर्न अनुरोध गर्दै नवनिर्वाचित कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

बिकासको गति लिन नसक् ...

रंजित चौरसिया बारा १२ जेष्ठ । सामुदायिक बिधालयको ब्यवस्थापन सामितीको बैठक जस्तै पोखरीको टेन्डर गरि भ ...

राउ स्मारक अस्पतालमा ...

रहमुल लहान १० जेठ । सिरहाको लहान स्थित रा.उ. स्मारक अस्पतालमा डाक्टरहरूको लापरबाहीका कारण सप्तरी पंस ...

नाम मात्रको भर्ना अभ ...

लहान, जेठ १० । लहान नगरपालिका–१ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयको हालै गरिएको अनुगमनले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१