Siraha Times
ताजा समाचार

नेपाली काग्रेसी वडा सदस्य सहित ५५ जना एमालेमा प्रवेश

  • फागुन १९, २०७८
  • १०९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लालु चौधरी कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ५ की वडा सदस्य राजमति पासी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । नेपाली काँग्रेसबाट वडा सदस्य पदमा निर्वाचित पासी सहित ५५ जनाले नेपाली काँग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका हुन । विहिबार नेकपा एमाले वडा नं. ५ को वडा भेलामा पासी सहित ५५ जनाले अबको देशको विकास गर्ने पार्टि र जनताको रोजाई नेकपा एमाले मात्रै भएकोले काग्रेस त्याग गरी एमालेमा प्रबेश गरेको वताए । नेकपा एमाले जिल्ला सचिवालय सदस्य गोपाल थापाले उनीहरुलाई सदस्यता दिदै पार्टिमा स्वागत गर्नु भएको हो । जनताले मन पराएको देशको विकास गर्ने एक मात्रै पार्टि नेकपा एमाले भएको जनताले बुझि सकेकोले अब विस्तारै सबैले एमाले नै रोज्ने थापाले बताउनु भयो । वडा कमिटि अध्यक्ष उमानाथ भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिवालय सदस्य गोपाल थापाको प्रमुख आथित्यता रहेको छ । कार्यक्रममा जिल्ला सदस्य लक्ष्मी कुमारी चौधरी, त्रिवेणी कुर्मी वडा नं. ५ का अध्यक्ष अनवर मुसलमान लगायतले नव प्रवेशीहरुलाई स्वागत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

साउदी अरबमा अलपत्र प ...

ओम प्रकाश यादव,लहान, असार ७ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्ड ...

भगवानपुरमा हाउस वायर ...

ओम प्रकाश यादव लहान, असार ७ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सिरह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१