स्थानीयतहको निर्वाचनसम्म रामचन्द्र नै सभापति ? काँग्रेस अधिवेशन अन्यौल

  • फागुन १९, २०७८
  • १०१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १९ फागुन । नेपाली कांग्रेसको सिरहा जिल्ला अधिवेशन अन्यौलमा परेको छ । फागुन २० गते जिल्ला अधिवेशन तोकिएपनि उम्मेदवारी दर्ता आज हुन नसकेको काँग्रेसी नेता कार्यकर्ताले बताए । जिल्ला अधिवेशनको लागि फागुन १८ गते उम्मेदवारीको मिति तय भएको थियो । सिरहा जिल्ला कार्य समिति चयनका लागि सभापतिमा रामचन्द्र यादव र रामसुन्दर चौधरी प्रतिस्पर्धा रहेका छन् । उम्मेदवारी दर्ता नभएपनि आआफ्नो पक्षमा मतको लागि घरदैलो कार्यक्रम गर्दै आएको छ । बुधबार सिरहामा भएको कांग्रेस नेताहरुको भेलामा नेपाली कांग्रेस जस्तो पार्टीमा सिरहामा न त उद्घाटन सत्र भएको छ । न कतै बन्द सत्र भएको छ । यसलाई व्यवस्थापन गरेपछि निर्वाचनबाटै सभापति चयन हुने नेतृ गुडिया खातुनले बताइन् ।

फागुन २० गते निर्वाचनको मिति तोकिएको छ । तर, न त निर्वाचन अधिकृतले कार्यक्रम निकाल्न सकेको छ । न मतदान स्थल टुङ्गो लागेको छ । होला कि नहोला निर्वाचन कांग्रेसीहरु अन्यौलमा परेको छ । एक स्रोतले भने ‘निर्वाचन होला न होला’ रामचन्द्र यादव नै सभापति हुने दावी गरेका छन् । उनले भने फागुनको अन्तिम सता स्थानीयतहको निर्वाचनको लागि आचारसँहीता लागु हुँदैछ । आचारसँहीतामा यस्तो किसिमको अधिवेशन नहुन पनि सक्छ । स्वत रामचन्द्र यादव सभापति रहने दावी गरेका छन् । अर्कापक्ष काँग्रेसको जिल्ला अधिवेशन विधिवत रुपमै हुन्छ । फागुन २० मै हुन्छ । त्यसका लागि रामसुन्दर चौधरीको प्यानल कसिलो बनेको दावी गरेको छ । सिरहा लगायत देशभरिकै अन्य जिल्लामा पनि सदरमुकाममै कांग्रेसको अधिवेशन हुँदै आएको छ । यसपालि पनि अन्य जिल्लामा त्यही भएको छ । सिरहामा रामचन्द्र यादवको पक्षले गोलबजार प्रस्ताव गरेपछि विवाद सृजना हुने देखिएको छ । चौधरीपक्षले सदरमुकाममा पार्टी कार्यालय छ । शान्ति सुरक्षा छ । पहिलेदेखि त्यही हुँदै आएकोले विवाद सृजना गराउनु उचित छैन् ।’ यता, सभापति रामचन्द्र यादव निकट स्रोतले बिहीबार ८ बजे बैठक बसेर निर्वाचन विषयमा छलफल हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१