Siraha Times
ताजा समाचार

कपिलवस्तु विजयनगरम जसपा वडा न १ को भेला सम्पन्न

  • फागुन १८, २०७८
  • ११०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत कपिलवस्तुको विजयनगर गाउँपालिकामा जनता समाजवादी पार्टी को वडा भेला सम्पन्न भएको छ । बुधबार पालिकाको वडा नं १ नेवलागन्जमा भेला सम्पन्न भएको जसपाले जनाएको छ । भेलालाई सम्बोधन गर्दै जसपा को जिल्ला उपाध्यक्ष राम निवास पुरीले गाउँपालिकामा पार्टीलाई थप मजबुत बनाउनु पर्ने आवश्यक रहेकोे बताउनु भयो । निर्वाचनमा सफलता लिनको लागि रणनीतिक योजना सहित सबैको मन जित्न सके ठुलो उपलब्धि हुने पुरीले दाबी गर्नुभयो । हाम्रो लडाई पद र कुर्सीको होइन, समाज र सामाजिक विकृति परिवर्तनको लागि हो उनले भने । जिल्ला सदस्य असनी कुमार चाई विजयनगर जसपा अध्यक्ष सन्तराम तेली को विशेष उपस्थिति रहेकोे थियोे भने जसपा वडा अध्यक्ष राज कुमार भुजको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१