Siraha Times
ताजा समाचार

सिरहाको कल्याणपुर नगरपालिकामा राष्ट्रिय युवा संघ नेपालको अधिबेशन सम्पन्न

  • फागुन १६, २०७८
  • १०२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १६ फालगुन - राष्ट्रिय युवा संघ नेपालको प्रथम नगर अधिबेशन सिरहाको कल्याणपुर नगरपालिकाको ग्रामीण बजारमा सम्पन्न भएको छ्। युवा संघ नेपालका नगर संयोजक अमर्दिप साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेको पोलिट ब्यूरो सदस्य तथा मधेस प्रदेशको सह-इन्चार्ज लिलानाथ श्रेष्ठ रहनु भएको थियो ।बिशिस्ट अतिथिमा पार्टीको जिल्ला अध्यक्ष चन्देश्वर मंण्डल रहनु भएको थियोे। अतिथिहरुमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय स्थाई कमिटी सदस्य तथा मधेस प्रदेशका सह- इन्चार्ज बैधनाथ साह, केन्द्रिय कमिटी सचिवालय सदस्य तथा संघका प्रदेश सचिब इन्देश राउत,जिल्ला संयोजक जय प्रकाश शर्मा,लहान नगर अध्यक्ष बेद प्रसाद साह लगायतका सयौं अतिथिहरुको सहभागिता रहेको थियो।

प्रमुख अतिथि श्रेष्ठका अनुसार गरिब दलित र वृद्ध वृद्धाहरुको हकमा काम गर्ने पार्टी एमाले नै रहेको बताए।नेपालका सम्पुर्ण जनता एमाले पार्टीको पक्षमा रहेको उनले चर्चा गरेका थिए। अतिथि बैधनाथ साहका अनुसार नेपालमा एमालेको सरकार भएको बेला नेपालमा बिकासको मुहार फेरीएको उनले दाबी गरेका हुन्।एमाले पार्टी सबै बर्ग समुदायको पार्टी रहेको उनलेे बताए। उक्त कार्यक्रमबाट नगर अध्यक्षमा स्थानीय युवा नेता अमर्दिप साहलाई अध्यक्षमा चयन गरेका छन् ९६ सदस्य नयाँ कमिटी गठन गरेका छन्।
 
 
 
 
 
 

 

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१