Siraha Times
ताजा समाचार

दीनदुखीको घाउमा मलहम लगाउँदै आएकी ललिता मेयरमै उठने

  • फागुन १६, २०७८
  • १३९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १६ फागुन । समाजसेवी जितन यादव र ललिता यादव यतिबेला दीनदुखीको घाउमा मलहम लगाउँन सक्रिय छन् । पति पत्नि यादवले कोरोना संक्रमणको लकडाउनमा लाखौ लगानी गरेर लहानका गरिब दलित तथा विपन्नवर्गलाई राहत उपलब्ध गराएर चर्चामा आए । करिब ५० लाख जतिको राहत पति पत्नि यादवले रोजगारीबाट विमुख भएका विपन्नवर्गलाई राहत उपलब्ध मात्रै गराएका छैन । पति पत्निले आफ्नै लगानीमा असाहय तथा रोगीविरामीलाई आर्थिक सहयोग गर्दै आएका छन् । फागुन १३ गते ललिता यादवले लहान १९ का मुसहर वस्तीलाई अन्धयारोमुक्त नै दिएका छन् । लहान १९ नौडेगा स्थित २१ घरधुरीको बस्तीमा ५० हजार लागतमा विजुली पोल, मिटर, विजुली बती जडान गरेर गाउँ नै उज्यालो बनाइदिएका छन् । उज्यालो पाएका वस्तीकी ज्ञानोदवीले ‘बर्षोदेखि अन्धयारोमा थिए,‘आज विजुली वती पाएर खुशी छु ।’‘ जितन ललिता हाम्रो भगवान सरह नै हो ।’ त्यस बस्तीमा पुगेकी ललितालाई स्थानीयले खुशी भएर फुलमालाले सम्मान गरेका छन् । समाजसेवी ललिताले ‘आफ्नो नीजि खर्चमा समाज विकासको लागि सहयोग गरेको छु ।’‘मलाई कुनै स्वार्थ छैन ।’‘सेवा नै धर्म हो ।’‘ पार्टीले टिकट दिए भने मेयरमै उठ्छु ।’ ‘पार्टी र समाजको लागि सधैं सक्रिय रहने’ उनी बताइन् ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१