Siraha Times
ताजा समाचार

दुई महिना भित्र आफ्नै पुलिस प्रशासन ः मुख्यमन्त्री राउत

  • असोज २३, २०७५
  • ११५२ पटक पढिएको
  • नरेश चन्द्र बर्बरिया
alt

जनकपुरधाम, असोज २३ । मुख्यमन्त्री लालबाबु राउतले २ महिना भित्र प्रदेश सरकारको आफनै प्रहरी प्रशासन हुने बताउनु भएको छ । सिरहाको कल्याणपुर नपा स्थित चिकना बजारमा आयोजित पार्टी प्रवेश एवं शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे प्रदेशले आफनै प्रहरी प्रशासन स्थापना गर्ने बताउनु भयो । शान्ति सुरक्षाको जिम्मा नेपालको संविधानले प्रदेश लाई दिएको छ ,उहाँले भन्नु भयो,‘ कि त संघ सरकारले प्रहरी प्रशासन हस्तान्तरण गर्नु प¥यो , नत हामी आफै गठन गछौ । प्रहरी ऐन माथि सदनमा छलफल शुरु भै सकेकोले यसै साता पारित हुने उल्लेख गर्नु हुँदै उहाँ त्यस पछि प्रदेश प्रहरी गठनको औपचारिक प्रक्रिया शुरु हुने बताउनु भयो । त्यसै गरि उहाँले प्रशासन ऐन पनि संसदमा लगि सकेको उहाँको कथन थियो । संघीय सरकारले आवश्यक कर्मचारी नपठाउदा विकास निर्माणको काम समेत प्रभावकारी हुन नसकेकोले प्रदेश सरकार करार कर्मचारी भर्ना ऐन समेत बनाएर संसदमा टेवल गरि सकेको उल्लेख गर्नु हुँदै उहाँ तीन वर्टै ऐन पारित भए लगतै प्रदेशले गति लिने बताउनु भयो । कल्याणपुर नपाको संयोजक परमेश्वर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, पार्टीका उपमहासचिव प्रकाश अधिकारी, केन्द्रिय सदस्य एवं पूर्व सभासद डा. विरेन्द्र महतो , केन्द्रिय सदस्य अशेश्वर यादव सहितको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा नेकपा, काँग्रेस र राजपा परित्याग गरेको करिब ५ सय नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई मुख्यमन्त्री राउतले फुलमाला लगाई पार्टीमा स्वागत गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१