Siraha Times
ताजा समाचार

धनुषामा महिलासँग प्रहरीले दुरव्यवहार गरेको भन्दै प्रहरीचौकी तनावग्रस्त !

  • असोज २३, २०७५
  • १०१६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

असोज २३ । पूर्वी धनुषाको ईलाका प्रहरी कार्यालय खजुरी अन्तर्गत पर्ने प्रहरी चौकी ईनरवाका प्रहरीले सर्वसाधारण महिलासँग दुरव्यवहार गरेको भन्दै स्थानीयहरु चौकी घेराउ गरेका छन् ।शनिबार भारतीय बजार जयनगरबाट फर्कने क्रममा जनकनन्दी गाउँपालिका वडा नं. ५ बनरझुला बस्ने एक परिवारका महिला तथा पुरुषलाई बेकसुर कुटपिट गरेको भन्दै विरोधमा स्थानीयहरु चौकी घेराउ गरेपछि तनावग्रस्त भएको छ ।"हामी चारचक्के सवारी लिएर जयनगर बजार गएका थियौँ, हामी परिवारसँगै थियौँ, सवारी चेकजाँच गरियो, चेकजाँच गरेपछि हामीलाई जान भन्यो । गाडीमा बसेर गाडी कुदाएलगत्तै एक प्रहरीले अश्लिल शब्दको गाली गरयो । मैले सवारीबाट ओर्लेर गाली किन गर्नुभएको भनेर सोध्यौँ, अनि त्यतिकैमा धक्का दिएर पाईपले मलाई, मेरो बहिनी र आमालाई पनि चार जना मिलेर कुटपिट गर्न थाल्यो ।" पीडित १९ बर्षिय सुरेश यादवले भने ।

सुरेशकी आमा बर्ष ५० की सूर्यकला देवी र दिदी बर्ष २० की आशा यादवलाई समेत प्रहरीले प्लास्टिकको पाईपले तथानाम गाली गर्दै कुटपिट गरेको पीडितको कथन छ ।भारतीय नम्बर प्लेको नम्बरको गाडीमा सवार ती परिवारलाई प्रहरी प्रहरी चौकी इन्चार्ज अशोक दर्नाल, प्रहरी हवल्दार संजय कुमार सिंह, प्रहरी जवान राम बचन यादव र प्रहरी जवान रोशन चौधरीले कुटपिट गरेको पीडितको आरोप छ ।यता, घटना बारे ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्चार्ज एवम् प्रहरी नीरिक्षक शेषराज थन्दारले प्रहरी जवानहरुको कसूर स्वीकार गरेका छन् ।मधेश न्युजसँग कुरा गर्दै थन्दारले, " हाम्रा जवानहरुले सवारी चेकजाँचको क्रममा केही विवाद पारेको रहेछ, मलाई पनि जानकारी आएको छ , तर ती चारै जनालाई विभागीय कारवाहीको लागि तानिसककेको छ । यहाँका स्थानीयहरुले यहाँ आउनुपर्ने अडानमा रहेका छन् , तर उनी चारै जनालाई विभागीय कारवाहीको लागि सिफारिस गरिसकेको छु र तानिएको छ ।" भने यता, पीडितहरुले दुरव्यवहार गर्ने ती चारै जनालाई विभागीय कारवाही नभई हामी जनताबीच माफी माग्नु पर्ने अडानमा रहेका छन् । विभागी कारवाही बहानमा मात्र भएको भन्दै चारै जना नआएसम्म चौकी घेराउमा बस्ने अडान लिएका छन् ।

 
 
 

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१