Siraha Times
ताजा समाचार

नेपाली कांग्रेस बिन्दवासनीको सभापतिमा चौरसिया निर्विरोध निर्वाचित

  • फागुन १३, २०७८
  • ११७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १३ फागुन । नेपाली कांग्रेस बिन्दवासनी गाउ“पालिकाको सभापतिमा बिवेक कुमार चौरसिया निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न गाउ“पालिका अधिवेशनबाट सभापतिमा चौरसिया निर्विरोध निर्वाचित भएका हुन् । गाउ“पालिका समितिको उपसभापतिमा राजेश्वर प्रसाद चौरसिया, राजेश तिवारी, सचिवमा संतोष कुमार चौरसिया, मुकेश प्रसाद साह कानु, सह सचिवमा जितेन्द्र कुमार, श्रीलाल प्रसाद कुर्मी निर्वाचित भएका छन् ।

यस्तै, समितिको सदस्यमा पन्ना देवी चमईन, नागेश्वर साह तेली, चोकट मुखिया बिन, सोना देवी कानु, मनोज राउत कुर्मी, सुनिल प्रसाद चौहान, देवनारायण साह कानु, प्रेम कुमार चौरसिया, दिनेश साह कानु, कोशिला देवी,अवधकिशोर प्रसाद बरै र रामराज बरै निर्विरोध निर्वाचित भएको मतदान अधिकृत मनोज कुमार यादवले जानकारी दिए । समाजिक क्षेत्रमा लामो समयसम्म काम गरेका चौरसिया आफ्नो मूल्यांकलन गरेर गाउ“पालिका सभापतिको जिम्मेवारी दिएकोमा सम्पूर्ण पार्टी पंक्तिलाई धन्यावाद तथा अभार समेत चौरसियाले प्रकट गरेका छन । उहाले गाउ“पालिका सभापतिमा निर्वाचित भएपछि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पार्टीलाई बिजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरे । वडादेखी पालिका अध्यक्ष सम्मको सम्पूर्ण पदमा पार्टीको उम्मेदवारलाई विजयी गराउने, उनले वताए ।

गाउँपालिका पार्टी कार्यालय बहुअर्वाभाठामा भएकाे अधिवेशनमा सभापतिमा निर्वाचित अध्यक्ष चौरसिया सहित गाउँपालिका समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई महाधिवेशन प्रतिनिधि अशोक कुमार गुप्ता, उमेश चौरसिया, पर्सा क्षेत्र नं.३(ख) सभापति अनोज कुमार चौरसिया, गाउँपालिका उपमेयर किरण गुप्ता स्थानिय नेता उपनेश चौरसिया,छठुलाल चौरसिया वडा सभापतिहरु सतेन्द्र ओझा, प्रभु चौहान, जय प्रकाश चौरसिया, रामविलास चौरसिया, सुकदेव यादव लागयतकाले फुल माला र अविरकाे टिका लगायर बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१