Siraha Times
ताजा समाचार

शहिदनगरमा धमाधम विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

  • फागुन १२, २०७८
  • १३९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । मधेश प्रदेशस्थित धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरको विभिन्न स्थानबाट विभिन्न पार्टीका नेता कार्यकर्तालाई माओवादीमा भित्र्याउन थालेका छन् । सोही क्रममा विहिबार शहिदनगर नगरपालिकाको वडा नम्बर ३ चाँदनीचोकस्थितबाट समेत दर्जनौ युवाहरुलाई नेकपा माओवादी केन्द्रमा प्रवेश गराएका छन् । चाँदनी चौकमा आयोजित समाजीक भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी विभिन्न पार्टीका दर्जनौ नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराएको हो । कार्यक्रमको क्रममा विभिन्न पार्टी परित्याग गरि ५० जना नेता ,कार्यकर्ता नेपाल कम्यूनिष्ट पार्टी माओवादीमा प्रवेश गराएका हुन् । महबुम मंसुरीको अध्यक्षता तथा मेयर बरबरियाको प्रमुख आतिथ्यमा सम्पन्न भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नगर सचिव राम कुमार यादवको विशेष पहलमा ५० जना भन्दा अधिक नेता कार्यकर्ताहरु माओवादी रोजे ।

नेकपा माओवादी केन्द्रका मधेश प्रदेश कमिटि सदस्य एवम् केन्द्रीय स्थानीय तह विभागका सदस्य समेत रहेका मेयर बरबरियाले आफू जनप्रतिनीधि भएपछि आम जनताको लागि जागरण झैँ गरेको सुनाए । उनले पार्टीमा लागेका वा नलागेका सबै जना आफ्नो जनता जनार्दन रहेको जनाउँदै २४ सै घण्टा सेवाको लागि तत्तपर रहँदै आएको बताए । कार्यक्रममा अतिथि सुर्यदेव यादव, नगर उपाध्यक्ष हेम शंकर भण्डारी, वाईसियलका नगर अध्यक्ष मनोज कुमार मण्डल, नगर सचिब रामकुमार यादव, युवा नेता रुपेश बिराजी लगायत कार्यकर्ताहरुको मोटो सहभागीता रहेको थियो । कार्यक्रम संचालन सद्रे आलमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१