Siraha Times
ताजा समाचार

नेपाली जनप्रगतिशील मन्च रास्ट्रिय समिति कतारद्धारा एमसिसी सम्झौतामा रहेका अपमानजनक शर्तहरु खारेज गर्न माग (पत्रसहित)

  • फागुन ११, २०७८
  • ११३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा २३ फेब्रुअरी । नेपाली जनप्रगतिशील मन्च रास्ट्रिय समिति कतारले एमसिसी सम्झौतामा रहेका अपमानजनक शर्तहरु खारेजी सम्बन्धमा नेपाली दूतावास कतारमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमार्फत नेपाल सरकार र अमेरिकी सरकार बिच भएको एमसीसी सम्झौताको जोडदार रुपले बिरोध गर्दै सम्झौता नेपालको स्वतन्त्र सार्वभौमसत्ता र स्वाभिमानको बिरुद्दमा रहेको पंचशील सिद्दान्तको मान्यता बिरुद्दमा रहेको समितिले उल्लेख गरेको छ ।

 

ज्ञापनपत्र

दर्ता/चलानी नं : २०२२/२०२३ मिति : २३/०२/२०२२
पत्र संख्या : १३ /२०२२

महामहिम कार्यवाहक राजदुत श्री लक्ष्मण खानाल ज्यू
नेपाली राजदुतावास कतार।

बिषय: MCC का अपमानजनक शर्तहरु खारेजी सम्बन्धमा !!!

यस ज्ञापनपत्र मार्फत हामि नेपाल सरकार र अमेरिकी सरकार बिच भएको एमसीसी सम्झौताको जोडदार रुपले बिरोध गर्न चाहन्छौं किनभने यो सम्झौता नेपालको स्वतन्त्र सार्वभौमसत्ता र स्वाभिमानको बिरुद्दमा छ, पंचशील सिद्दान्त को मान्यता बिरुद्दमा छ । बिगत अनेक दशक देखि अमेरिकाले नेपालको बिकासकालागी विभिन्न खाले सहयोग प्रदान गर्दै आएको छ, यो सरानीय छ। तर यसरी अमेरिका बाट प्राप्त सहयोगका लागी बिगतमा कुनै पनि शर्त हरु नेपाल माथि थुपारिएका थिएनन् , तर वर्तमान एमसीसी सम्झौतामा नेपाल को कानुन, संबिधान , सम्प्रभुता , रास्ट्रियता प्रति आँच आउने गरि नेपाल रास्ट्र भन्दा माथि रहने गरि संसदबाट अनुमोदन हुनुपर्ने बिभिन्न असमान शर्त लादिएको छ। जसको अर्थ एमसीसीका नीति, नियम, शर्त सम्झौताहरु नेपालका ऐन कानुन संबिधान सित बाझिएमा, नेपालको ऐन कानुन, संबिधान स्वत: निस्क्रिय रहने र एमसीसी सम्झौता का नियम शर्त हरु मान्य हुने। त्यस अतिरिक्त यो अमेरिकाको हिन्द प्रशान्त रणनीतिसित जोडिएर आएको र नेपाल जस्तो सामरिक महत्व बोकेको, पंचशील को सिद्दान्त अंगालेको मुलुकलाई कुनै एउटा शक्ति रास्ट्रको सैन्य कित्ता मा उभिने कुरा हामि कल्पना सम्म पनि गर्न सक्दैनौं। त्यसकारण एमसीसी नेपाल र नेपालीहरुको हितमा नरहेको कुरामा हामि दृढ छौं।

आज नेपाली जनताको बहुसंख्यक हिस्सा एमसीसी को बिरुद्दमा उभिएको छ। हामि अमेरिकी सहयोगको बिरुद्दमा छैनौं तर असमान शर्त सहित गरिने कुनै पनि सहायता नेपालको हितमा हुदैन भन्नेमा हामी सजग छौं। हामी एमसीसी सम्बद्द पक्ष हरुलाई यो भन्न चाहन्छौं कि यस एमसीसी सित जोडिएका कयौं असमान शर्तहरु नहटाए सम्म सम्झौता मान्य हुने छैन, यसलाई बहिस्कार गरिनु पर्दछ भन्ने हाम्रो मान्यता दृढ भएको जानकारी यस ज्ञापनपत्र मार्फत गराउन चाहन्छौं।

बोदार्थ : १. प्रधानमन्त्री कार्यालय, नेपाल सरकार, सिहदरबार, काठमाण्डु नेपाल।
२. परराष्ट्र मन्त्रालय, नेपाल सरकार, काठमाण्डु नेपाल।
3. सांसद भवन सभामुख सचिवालयको कार्यलय नंया बानेश्वर काठमाण्डु नेपाल।

क्रान्तिकारी अभिवादन सहित !!!

महासचिव अध्यक्ष
मोहमुद कार्की बुद्धि प्रसाद भण्डारी

नेपाली जनप्रगतिशील मन्च रास्ट्रिय समिति कतार

प्रतिक्रिया दिनुहोस

हावाहुरीपीडित २५ परि ...

रहमुल, लहान १७ वैशाख । गत वैशाख ५ गते आएको भीषण हावाहुरीबाट प्रभावित लहान–२१ का २५ परिवारलाई र ...

श्री लेखनाथ माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख १६ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्त ...

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१