Siraha Times
ताजा समाचार

लहान उद्योग वाणिज्य संघमा अमात्य प्यानलसहित विजय

  • असोज २३, २०७५
  • ८५३ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवंग्राम दैनिक । रेडियो सौगात लहान, २२ असोज । जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको निर्वाचनले अशोक अमात्यको प्यानल सहित विजयको नजिक पुगेको छ । असोज २१ गते भएको संघको निर्वाचनमा १७३१ जनाले मतदान गरेका छन् । मतदाता संख्या २२८७ रहेपनि ५५६ जनाले मत वहिष्कार गरिएको जानकारीमा आएको छ । यो मत वहिष्कार नभएर कतिको नाम दूई ठाउँमा राखिएकोले एउटामा मात्र मतदान गरिएकोले अर्को त्यतिकै रद्द भएको छ । यस मध्ये ४० प्रतिशतले मतदान वहिष्कार गरिएको छ ।

निर्वाचन अधिकृत परसुराम निरौलाका अनुसार राती अबेरसम्म मतगणाको परिणाम १७३१ मा १४४५ मतगणा हुंदा अध्यक्ष पदमा २५३ मतले अन्तर रहेको बताएका छन् । जहां २८६ मतगणा गर्न मात्र बांकी रहेको छ । हालसम्म १० मत बदर भएको छ । मतगणा परिणाम अनुसार अशोक अमात्यले ८४९ र प्रतिस्पर्धी निरश चौधरीले ५९६ मत प्राप्त गरेका छन् । अशोक अमात्यले २५३ मतले अगाडि रहेको छ भने २८६ मतगणा गर्न मात्र बांकी रहेकोले अध्यक्ष पदमा अशोक अमात्य विजय हुने निश्चित भएको जानकारीमा आएको छ । यसैगरी, प्रथम उपाध्यक्षमा दिपक नायक ८० मतले अगाडि रहेको छ । दृतिय उपाध्यक्षमा प्रमेश्वर साह १८७ मतले अगाडि रहेको छ । महासचिवमा अब्दुल करिम १८८ मतले अगाडि, कोषाध्यक्षमा विकास शारडा ३०० मत, सरोज कुमार महतो १६६ मतले अगाडि रहेको छ । सदस्यहरुमा नागेश्वर चौधरी ३८६, रामभजन पंजियार ३१४, प्रदीप कुमार गुप्ता ३१६, रामउदगार महतो २९८, चन्देश्वर यादव ३१३, रंजितकुमार चिरानियाँ २३८, रवीन्द्रकुमार चौधरी ३०९, रितादेवी यादव ३०० र सुशिलाकुमारी महतो २९० मतले अगाडि रहेको छ । अब २८६ मतगणा गर्न मात्र बांकी रहेकोले अशोक अमात्यको प्यानल नै विजय हुने निश्चित रहेको मतगणामा रहेका सहकर्मी रवीन्द्र श्रेष्ठ जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१