Siraha Times
ताजा समाचार

भगवानपुरमा उपभोक्ताले ठेकेदार सिंहसंग काम गराएर पैसा नदिए पछी पत्रकार गुहार्दै ठेकेदार

  • फागुन ११, २०७८
  • ११०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ११ फाल्गुन -सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर २ अन्तर्गत नहरागाउँमा एक ठेकेदार ले ठगीमा परेका छन्। बिकास निर्माणको काम अन्तर्गत वाडा नम्बर २ नहरामा आर.सि.सी.ढलान गर्न स्थानीय राम चन्द्र यादव,वाडा अध्यक्ष तेज नारायण चौधरी,वाडा सचिब बिनोद कुमार यादवले बिकास निर्माणको काम गर्न स्थानीय बालकृष्ण यादव,दुनिलाल यादव,सैनी पासमान लगायत ३ जनालाई उपभोक्ता समितिको अध्यक्ष बनाएका थिए। उक्त वाडाका काम गर्न उपभोक्ता समिति गठन गरी काम गर्न सिरहाको मिर्चैया नगरपालिका वाडा नम्बर-६ बस्ने हाल ठेका पटाको काम गर्दै आएका ठेकेदार उमेश नारायण सिंह संग वाडा अध्यक्ष तेज नारायण चौधरी,वाडा सचिब बिनोद कुमार यादव,स्थानीय नेता तथा पुर्व मन्त्री रामचन्द्र यादवले आर.सि.सी.ढलान गर्न तिनै उपभोक्ता समिति अध्यक्षको रोहबरमा मन्त्री यादवले लिखित सम्झौता पर्दैन भन्दै ठेकेदार सिंह संग नाफाबाट ३ भागको एक भाग अफिस,एक भाग उपभोक्ता,एक भाग ठेकेदार लिने भनी मौखिक रूपमा सर्त गरेका थिए।

Open photo

बिश्वासको भरमा मौखिक सम्झौता गरी काम गर्न सहमत भएका ठेकेदार सिंहले २०७८ असार ३ गते काम गर्न सुरु गरी श्रावण ४ गते सम्ममा सम्झौता भए अनुसारको काम पुर्ण रुपले समपन्न गरेका थिए। कामको दौरानमा कुनै रकम ठेकेदारलाई नदिई ठेकेदारले आफ्नै रकम खर्च गरी बिश्वासकै भरमा उनलेे सम्पुर्ण काम सम्पन्न गरीसकेका छन्। उपभोक्ता मार्फद काम गराउने स्थानीय अगुवाहरुले उपभोक्ता मार्फद १ करोड १६ लाख १ सय २१ रुपैया निकासा गरी ठेकेदारको सामग्री ल्याएको सिमेन्ट,छ्ड,गिट्टी,बालुवा मिकचर लगायत लेवर ज्याला ठेकेदार मार्फद वितरण गरीसकेको र बाँकी रकम अझै सामग्री बालाहरुको पैसा तिर्न अझै २७ लाख बाँकी नै रहेको पीडित ठेकेदारले बताए।

Open photo

ठेकेदार सिंहका अनुसार आफुले काम गरेको पैसा र सामग्री बालाहरुको तिर्न बाकी रहेको रकम पटक-पटक माग गरे पनि उनीहरुले पैसा दिन नमाने पछी आफु कानुनी प्रक्रियामा लागेको बताए।आफुले काम गरेको पैसा नपाए पछी दुख व्यक्त गर्दै पैसा लिन जिल्ला प्रसारण कार्यालय सिरहा,र जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानमा समेत न्याय र आफू काम गरेको पैसा दिलाई दिन जिल्ला प्रसारण कार्यालय सिरहा त कहिले प्रहरी कार्यालय धाउने गरेका छन्।

Open photo

आर.सि.सी ढलान अन्तर्गत पहिलो २८३ मिटर ,दोस्रो २५३ मिटर र तेस्रो २५३ मिटर ढलानको काम गराएका छन्।अहिले पनि बिश्वास गर्ने ब्यक्तीहरु हाम्रो समाजमा निकै कम रहेको उनले टिप्पणी गरेका थिए।समाजका अगुवाहरुले नै ठगी धन्धामा लागे पछी दिन प्रतिदिन समाज र ब्यक्ती प्रतिको बिश्वास नियता गुमिदै जाने उनको आरोप रहेका छन्।ठुलो रकमको चपेटामा परेका ठेकेदार सिंहले पत्रकारसंग दुखेसो पोखेका छन्। यता सचिबका अनुसार ठेकेदारले काम चाहिँ गतिलो नै गरेको छ्।उनले पाउने रकम करिब ८ लाख हो त्यो मध्ये पनि केहि रकम ठेकेदारले पाईसकेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

साउदी अरबमा अलपत्र प ...

ओम प्रकाश यादव,लहान, असार ७ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्ड ...

भगवानपुरमा हाउस वायर ...

ओम प्रकाश यादव लहान, असार ७ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सिरह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१