Siraha Times
ताजा समाचार

सिरहाबाट दश स्वराजी पक्राउ, एभिन्यूजकर्मी कामतिमाथी दुरव्यवहार

  • असोज २२, २०७५
  • १५४० पटक पढिएको
  • राम नारायण पण्डित
alt

सिरहा, २१ असोज । सिरहाबाट स्बतन्त्र मधेश गठबन्धनका १० कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापन–पत्र बुझाउन जाँदा प्रहरीले मुलगेटमा रोकी भित्र प्रवेश गर्न नदिएपछि उनीहरु नाराबाजी गर्न थालेपछि प्रहरीले लाठी चार्ज गर्दै एक महिला सहित १० जनालाई आज पक्राउ गरेका हुन् । 
पक्राउ पर्नेहरुमा सतिला यादव, मनिस यादव, बालेश्वर यादव, शुभलाल महतो, राजकुमार यादव, जितन यादव, ज्ञान कामती, पप्पु यादव, राजकुमार यादव र रामसुगन यादव रहेको स्वराजी सुदिपराज कुशवहाले बताए । पक्राउ परेकाहरुलालई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको उनले बताए । 
तारेखका लागि जिल्ला अदालत पुगेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतसँगै सिरहा पुगेका उनीहरु तारेख पश्चात् ज्ञापन–पत्र बुझाउने कार्यक्रम राखेका थिए । तारेख सकेपछि डा. राउतलाई बिदाई गरेर उनीहरु ज्ञापन–पत्र बुझाउन जाँदा भित्र प्रवेश गर्न नदिएपछि राउत समर्थकले प्रहरी र प्रमुख जिल्ला अधिकारी विरुद्ध नाराबाजी गरेपछि लाठी चार्ज गर्दै उनीहरुलाई पक्राउ गरेका छन् । 
 
गत भदौं १५ गते नेपाल प्रहरीको हिरासतमा राममनोहर यादवको हत्या भएको भन्दै न्यायको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा न्यायिक छानबिन समिति गठन, राम मनोहर यादवलाई शहिद घोषणा, शहिद परिवारलाई उचित क्षतिपूर्ति, शहिद पत्नीलाई जागिर र बच्चालाई शिक्षा लगायतका मांग राख्दै उनीहरु आन्दोलित भएका छन् । 
 

एभिन्युजकर्मी कामतिमाथी दुरव्यवहार

जिल्ला प्रशासन कार्यालय सिरहा समाचार संकलन गर्न पुगेका एभिन्युजका सिरहा समाचारदाता शुभनारायण कामतिलाई प्रहरीले दुरव्यबहार गरेका छन् । महिलामाथि समेत पुरुष प्रहरीले दुव्यवहार गर्दै कुटपिट गरिरहेको फोटो खिच्न जाँदा अपन दैनिक पत्रिकाका प्रकाशक÷सम्पादक तथा एभिन्यूज र जनताटाइम्स अनलाइनका सिरहा संवाददाता कामतीलाई फोटो र भिडियो खिच्न नदिई प्रहरी नायब निरिक्षक दिप नारायण यादवको कमाण्डमा रहेका प्रहरी टोलीले दुव्र्यवहार गर्नको साथै क्यामरा खोस्ने प्रयास गर्दै हातपात गर्न खोजेका थिए । यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) जिवन श्रेष्ठ सिंग बुझ्न खोज्दा फोन उठेन् । 

प्रतिक्रिया दिनुहोस

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

​खुला आकाशमुनि रात, ...

विनोद अविरल, बैशाख ८ । लुम्बिनी प्रदेशको पछिम ​​नवलपरासीको भुमही क्षेत्रमा अहिले भारतबाट आएका घुमन्त ...

सिराहाको गोलबजारमा १ ...

विनोद अविरल, बैशाख ८ । ​गोलबजार, सिराहा – मधेश प्रदेश सरकारको संसदीय कोषबाट निर्माण हुन लागेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१