Siraha Times
ताजा समाचार

लहानमा मुसलिम धर्मशालाको सिल्यानास :नगरपालिकाद्वारा जग्गा सहयोग

  • फागुन ८, २०७८
  • ९५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ८ फल्गुण - सिरहाको लहान नगरपालिका वाडा नम्बर ५ स्थित मुस्लिम धर्मशालको निर्माण हुन् लागेको हो। मनकारीहरुको आर्थिक सहयोगमा उक्त धर्मशाला निर्माण हुन् लागेका हुन।धर्मशालाको लागि १ कठा जग्गा लहान नगरपालिकाले उपलब्ध गराएका छन्। एक बृहत कार्यक्रमको आयोजना गरी लहानका मेयर मुनि साह र वाडा अध्यक्ष सुलेमान मियाँ अन्सारीले धर्मशालाको सिल्यानास गरिएका छन्।वाडा अध्यक्ष सुलेमान मियाँ अन्सारीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहान नगरपालिकाको मेयर मुनि साह रहनु भएको थियो।

Open photo

बिशिस्ट अतिथिमा उपमेयर सरियार चौधरी रहनु भएको थियो।अतिथिहरुमा समाजसेवी भैर्व गेलाल, लोकतान्त्रिक समाजबादीका जिल्ला अध्यक्ष मोहम्मद आलम ,लहान नगरपालिकाको प्रवक्ता राज कुमार साह,नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य दिनेश्वर गुप्ता,पत्रकार जिवछ उदासी, फिरोज सिद्धिकी, बिरेन्द्र नेपाल,युवा नेता मो.इसराईल सिद्धिकी लगायत सयौं अतिथिहरुको सहभागीता रहेको थियो। प्रमुख अतिथि साहका अनुसार मुस्लिम धर्मावलम्बीहरुको लागी एउटा अय्याम नै थपिएको छ।कुनै कार्यहरु गर्न र पार्टी सेमिनार,निगाह लगायत धर्मसंग संम्बन्धित कार्यहरु गर्न सह हुने सफलताको सुभकामना दिएका थिए। सबै धर्म सांस्कृतिकका ब्यक्तीहरुले हाथोमालो गरेर धर्म शाला निर्माणमा सहयोग गर्न तयार रहेको बताए।उक्त कार्यक्रम उदघोष पत्रकार फिरोज शेखले जानकारी दिनु भयो।बिकासको समृद्धिको लगानी हामी अवाज उठाउनु पर्ने बताए। लहानमा बिकास र समृद्धिमा निरन्तर लागिनु पर्ने बताए।

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१