धनुषामा महिलासँग प्रहरीले दुरव्यवहार गरेको भन्दै प्रहरीचौकी तनावग्रस्त !

  • असोज २१, २०७५
  • ९१३ पटक पढिएको
  • ओम प्रकाश यादव
alt

असोज २१ । पूर्वी धनुषाको ईलाका प्रहरी कार्यालय खजुरी अन्तर्गत पर्ने प्रहरी चौकी ईनरवाका प्रहरीले सर्वसाधारण महिलासँग दुरव्यवहार गरेको भन्दै स्थानीयहरु चौकी घेराउ गरेका छन् । शनिबार भारतीय बजार जयनगरबाट फर्कने क्रममा जनकनन्दी गाउँपालिका वडा नं. ५ बनरझुला बस्ने एक परिवारका महिला तथा पुरुषलाई बेकसुर कुटपिट गरेको भन्दै विरोधमा स्थानीयहरु चौकी घेराउ गरेपछि तनावग्रस्त भएको छ । "हामी चारचक्के सवारी लिएर जयनगर बजार गएका थियौँ, हामी परिवारसँगै थियौँ, सवारी चेकजाँच गरियो, चेकजाँच गरेपछि हामीलाई जान भन्यो । गाडीमा बसेर गाडी कुदाएलगत्तै एक प्रहरीले अश्लिल शब्दको गाली गरयो । मैले सवारीबाट ओर्लेर गाली किन गर्नुभएको भनेर सोध्यौँ, अनि त्यतिकैमा धक्का दिएर पाईपले मलाई, मेरो बहिनी र आमालाई पनि चार जना मिलेर कुटपिट गर्न थाल्यो ।" पीडित १९ बर्षिय सुरेश यादवले भने ।

Image may contain: 6 people, crowd and outdoor
सुरेशकी आमा बर्ष ५० की सूर्यकला देवी र दिदी बर्ष २० की आशा यादवलाई समेत प्रहरीले प्लास्टिकको पाईपले तथानाम गाली गर्दै कुटपिट गरेको पीडितको कथन छ । भारतीय नम्बर प्लेको नम्बरको गाडीमा सवार ती परिवारलाई प्रहरी प्रहरी चौकी इन्चार्ज अशोक दर्नाल, प्रहरी हवल्दार संजय कुमार सिंह, प्रहरी जवान राम बचन यादव र प्रहरी जवान रोशन चौधरीले कुटपिट गरेको पीडितको आरोप छ ।यता, घटना बारे ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्चार्ज एवम् प्रहरी नीरिक्षक शेषराज थन्दारले प्रहरी जवानहरुको कसूर स्वीकार गरेका छन् । न्यूज ब्यूरोसँग कुरा गर्दै थन्दारले, " हाम्रा जवानहरुले सवारी चेकजाँचको क्रममा केही विवाद पारेको रहेछ, मलाई पनि जानकारी आएको छ , तर ती चारै जनालाई विभागीय कारवाहीको लागि तानिसककेको छ । यहाँका स्थानीयहरुले यहाँ आउनुपर्ने अडानमा रहेका छन् , तर उनी चारै जनालाई विभागीय कारवाहीको लागि सिफारिस गरिसकेको छु र तानिएको छ ।" भने । यता, पीडितहरुले दुरव्यवहार गर्ने ती चारै जनालाई विभागीय कारवाही नभई हामी जनताबीच माफी माग्नु पर्ने अडानमा रहेका छन् । विभागी कारवाही बहानमा मात्र भएको भन्दै चारै जना नआएसम्म चौकी घेराउमा बस्ने अडान लिएका छन् ।

Image may contain: 3 people, outdoor

प्रतिक्रिया दिनुहोस

आ.बि.सखुवामा अभिभावक ...

रहमुल सखुवानन्कारकट्टी २ असार । "कला संस्कृति हाम्रो स्वाभिमान । समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिच ...

कतारमा सामाजिक कार्य ...

रामएकवाल राम दोहा :- समाज सेवा गर्ने रहर हुँदैमा समाज सेवा गर्न सम्भव छैन । जुन काम प्रवासमा ...

सखुवानन्कारकट्टीमा ज ...

रहमुल लहान, असार १ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको पालिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१