भारतीय महिलासँगको विवाह दर्ता अब स्थानीय तहबाटै

  • फागुन ६, २०७८
  • ८२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत नेपालीसँग विवाह गर्ने भारतीय महिला विवाह दर्ताका लागि अब अदालत जानु नपर्ने भएको छ । स्थानीय तहमा सीधै विवाह दर्ता हुने गरी सरकारले कानुन संशोधन गरेको छ । यसअघि नेपालीसँग विवाह गर्ने भारतीयसहित विदेशी महिलाले अदालतबाट विवाह कायम गरेपछि मात्रै स्थानीय तहले विवाह दर्ता गर्ने प्रावधान थियो । सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७८ संशोधन गरी भारतीय महिलाको हकमा विशेष व्यवस्था गरेको थियो । नियमावलीको नियम १६ (६) मा संशोधन गरी भनिएको छ– ‘... तर नेपाल प्रवेश गर्न भिसा आवश्यक नपर्ने मुलुकको महिला र नेपाली नागरिकबीच भएको विवाहको हकमा विवाह भएको यकिन हुने प्रमाण राखी सूचना दिन सकिनेछ र यसरी विवाह सूचना दिइएकोमा सम्बन्धित स्थानीय पञ्जिकाधिकारीले विवाह भएको यकिन गरी विवाह दर्ता गरिदिन सक्नेछ ।’

तराईका जिल्लामा नेपाली र भारतीयबीच बिहेवारी चल्ने, तर विवाह दर्ता प्रक्रिया खर्चिलो र झन्झटिलो भएको गुनासोपछि नियमावली संशोधन भएको थियो । नियमावली संशोधनको सूचना सोमबार राजपत्रमा प्रकाशित भएको हो । तराईका जिल्लामा देखिएको समस्या समाधान गर्नकै लागि नियमावली संशोधन गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले बताए । कमजोर आर्थिक अवस्था भएकाले त वकिल राखेर अदालत धाउनुपर्ने हुँदा विवाह दर्ता नै नहुने अवस्था थियो । यही अवस्थालाई सहज बनाउन नियमावली संशोधन गरिएको हो । तर, नियमावली संशोधनमा भारतीय महिला भनेर उल्लेख नगरी नेपाल प्रवेश गर्न भिसा आवश्यक नहुने मुलुकका महिलालाई यस्तो सुविधा दिने उल्लेख छ । नेपालमा आउन भिसा आवश्यक नहुने देश भारत मात्रै हो ।

नियमावलीको नियम १६ (६) मा संशोधन गरी भनिएको छ, ‘... तर नेपाल प्रवेश गर्न भिसा आवश्यक नपर्ने मुलुकको महिला र नेपाली नागरिकबीच भएको विवाहको हकमा विवाह भएको यकिन हुने प्रमाण राखी सूचना दिन सकिनेछ र यसरी विवाह सूचना दिइएकोमा सम्बन्धित स्थानीय पञ्जाकाधिकारीले विवाह भएको यकिन गरी विवाह दर्ता गरिदिन सक्नेछ ।’ अन्य देशका नागरिकको हकमा भने कूटनीतिक नियोगबाट प्रमाणीकरणसहित निवेदन दिनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१