Siraha Times
ताजा समाचार

लहान ४ स्थित फोहर प्रसोधन केन्द्र बनाउन लाग्दा स्थानीय द्वारा बिरोध

  • फागुन ६, २०७८
  • १०१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ फाल्गुन - लहान नगरपालिकाले लहान ४ स्थित फोहर प्रसोधन केन्द्र बनाउन लाग्दा स्थानीयहरुले बिरोध गरेका छन्।फोहोर ब्यवस्थापनका लागि लहान ४ स्थित खुट्टीखोलाको किनारमा फोहोर प्रसोधन केन्द्र निर्माण गर्न काठमाडौंको न्यू डाईगन निर्माण सेवा संग २०७८ साउन १० गते निर्माण ब्यवसायीले नगरपालिका संग १ बिगहा क्षेत्र फलमा बनाउने सम्झौता भएको हो। भ्याट सहित ४ करोड ४५" लाखमा सम्झौता गरेका थिए।सम्झौता गरी काम गर्न कार्यआदेश समेत दिए,पनि लहान नगरपालिका वाडा नम्बर ४ का वाडा अध्यक्ष रामनाथ पंडितले बिरोध गरिएको छ। निर्माण कम्पनीले काम गर्न पटक-पटक लहान धाई रहदा काम गर्न रोक लगाएका छन्।निर्माण ब्यवसायीले कार्यस्थलमा सम्पुर्ण सामाग्रीहरु ल्याए पनि स्थानीय र वाडा अध्यक्ष राम नाथ पंडितले उक्त स्थानमा फोहर डम्पिङ गर्न नदिने उनीहरुले बिरोध जनाएका हुन्। लहान नगरपालिकाले हाम्रो वाडामा बजेट पनि दिएन बिकासको त कुरै छोड्नु बिकासको लागी हाम्रो वाडाका जनसमुदायहरु ससांकित बनेका छन।

मेयर मुनि साहले वाडा नम्बर ४ मा प्रत्येक २ दुई २ दुई महिनामा सचिब बदलिने र वाडा अध्यक्षको सिग्नेचर बिना नै रकम निकासा गरी सचिबले आफैं पैसा खाईदिने वाडा अध्यक्षलाई वास्ता नै नगर्ने।मेरो ५ बर्ष पुगिन लागयो २ महिना मात्र मेरो कार्यकाल बाँकी छ हामीलाई बिकास गर्न बजेट पनि दिएन हाम्रो वाडामा बिकास नभएको दुखेसो पोखदै चुनावको मुखमा आएर नगरपालिकाले निर्माण गर्न लागेको छ। उक्त स्थानमा हाम्रो समाजले डम्पिङ बनाउन दिदैन पनि नत्र बन्नदिन्छ वाडा लाई पुर्णरूपमा अस्त ब्यस्त रहेको अध्यक्ष पंडितले बताउनु भयो।

लहान नगरपालिकाले नै बजेट बाड फाट गर्नमा सौतेनी ब्यवहार गर्ने गरेको यो नौलो कुरा अध्यक्ष पंडितले खुला गर्नु भयो। मेयर साहलाई आफू गुहारे पनि आफु मेयरबाट अपमानित भएको छु। लाई मेयर साहले धक्का लगाएर आफनो कक्षबाट निकालिएको अध्यक्ष पंडितले दुख व्यक्त गर्नु भयो। यता निर्माण ब्यवसायीका इन्जिनियर प्रदिप कडेल र लहान नगरपालिकाका इन्जिनियर संग पटक पटक छलफलका लागी बैठक बसेपनि काम गर्न नदिने निर्माण ब्यवसायीका इन्जिनियर प्रदिप कडेलले भत्ताउनु भयो। हामीले काम गर्न चाहे पनि स्थानीयहरुले काम गर्नमा रोक लगाएको र यस्मा निर्माण ब्यवसायीको कुनै दोष नरहेको इन्जिनियर कडेलले बताए। हामीले काम गर्न चाहदा जनस्तरबाट नै बिरोध हुने गरेको छ पटक पटक हामीले कार्य स्थलबाट फर्किने गरेका छौँ। निर्माण गर्न चाहिएको आवश्यक सामग्री हामीले ल्याई सकेको अवस्था रहेको उनले बताए।

Open photo

प्रतिक्रिया दिनुहोस

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

साउदी अरबमा अलपत्र प ...

ओम प्रकाश यादव,लहान, असार ७ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्ड ...

भगवानपुरमा हाउस वायर ...

ओम प्रकाश यादव लहान, असार ७ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सिरह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१