Siraha Times
ताजा समाचार

‘रोप्ने फलाउने मधेसी फल खाने टोपी’,अब चल्दैन उपेन्द्र

  • फागुन ६, २०७८
  • १७१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, ६ फागुन । ‘संविधानमा निर्वाचन प्रणाली नै महँगो छ त्यसलाई परिवर्तन गर्नुपर्छ’ सिरहाको औरही ३ करहर्वामा बिहीवार पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले बताउँनुभयो । स्थानीय तहको चुनाव गराउन सरकारले १० अर्ब बजेट छुट्टयाएँदा निर्वाचन आयोगले ५० अर्ब मागेको भन्दै उहाँले नेपाल जस्तो गरिब देशमा कसरी चुनाव हुने बताउँनुभयो । ‘यो त सरकारी खर्च भयो, चुनाव लड्नेका निम्ति गरिने खर्च अन्य धनी देशभन्दा धेरै बढी छ’ उहाँले , ‘यति खर्चिलो चुनावमा दलित, महिला, गरिब पछाडि पारिएका व्यक्ति कसरी चुनाव लड्छ ? प्रदेश र संसदको चुनाव त अझ महंगो छ ।’ भने, ‘नेपाल जस्तो गरिब देशमा यस किसिमको निर्वाचन प्रणालीको आवश्यकता छैन ।’ उहाँले बताउँनुभयो । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री उपेन्द्र यादवले आजको अवस्थामा मधेसी, महिला दलित तथा पिछडावर्गको अधिकारको लागि विचार र नेतृत्व सहितको शक्तिशाली पार्टीको जरुरी रहेको बताउँनुभयो ।

नेपाली काँग्रेसमा लागेर कति नेता बुढा भए उनको अवस्था उस्तै रहेको र कम्यूनिष्टमा भएका मधेसीहरु धेरैमा चाटुकारमात्र भएको अध्यक्ष यादवको आरोप छ । उहाँले पार्टी विवादलाई लक्षित गर्दै अव मधेसीले रोपेको फलको बोट मधेसीले खान जानी सकेको व्याङ्यात्मक गर्दै ‘जुन बोट मधेसीले रोप्छ, खाद, मल, पानी लाउँछ, हुर्काउँछ बढाउँछ, फलाउँछ भने अव त्यस बोेटको फल पनि अधेसीले नै खान्छ; अव रोप्ने, हुर्काउने र फलाउने मधेसीले र फल खाने टोपीको दिन गईसक्यो अव मधेसीले फल खान पनि जानेको छ ।’ उहाँले बताउँनुभयो । ‘अव टोपीको कमाई टोपीले खाउन, धोतिको कमाई धोतीले नै खान्छ ।’ यो कुनै सम्प्रदायिक होइन जिकिर गर्नुभयो । त्यसको लागि सम्पूर्ण सोशित, पीडित, मधेसी जनता एक हुनुपर्नेमा अध्यक्ष यादवले जोड दिनुभयो । सोही क्रममा उहाँले नारिकता समस्या समाधान गर्नुपर्ने बताउँदै ‘नेपालमा जन्मेका आमा र बुबाको जन्मसिद्ध नागरिक्ता हुने, तर उनका सन्तानले नागरिक्ता पाउनु एक खालको अपराध हो । त्यसैले तुरुन्त नागरिक्ता विधेयक तुरुन्त संशोधन गरी ती व्यक्तिहरुलाई नागरिक्ता दिनु गर्छु उहाँले बताउँनुभयो ।

अध्यक्ष यादवले मधेस आन्दोलनले मधेस विद्रोहले साशन प्रणाली नै बदलिदिएको दिएको भन्दै मधेस आन्दोलनले राजनीतिक प्रणाली नै फेरी दियो । त्यसैले मधेश आन्दोलनद्वारा प्राप्त अधिकारलाई रक्षा गर्दै थप अधिकारको लागि लड्न उहाँले आव्हान गर्नुभयो । त्यसको लागि यो संविधान संशोधन गर्न जरुरी रहेको भन्दै अन्तरिम संविधानमा दिएको अधिकार समेत यो संविधानले खोसेको भन्दै भेदभावकारी, प्रतिगमन कारी संविधान संशोधनको विकल्प नरहेको अध्यक्ष यादवले बताउँनुभयो । कार्यक्रममा पार्टीका दर्जनौ केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियो । विभिन्न पार्टी परित्याग गरी पाँच सय बढी नेता कार्यकर्ता जसपा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१