Siraha Times
ताजा समाचार

सिरहामा राजनीति प्रतिसोधका घटनाहरु दिन प्रतिदिन बढदै

  • फागुन २, २०७८
  • १०३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ फाल्गुन - सिरहामा राजनीति प्रतिसोधका घटनाहरु दिन प्रतिदिन बढदै गएका छन्। लहान नगरपालिका वाडा नम्बर ५ बस्ने मोहम्मद नौसाद मियाँले बिगत ३ महिना देखि वाडा कार्यालयमा कार्यालय सहयोगीको काम गर्दै आएका छन्। काम गरेको पैसा माग्न जादाँ आफू माथि कुटपिट भएको नौसाद मियाँले आरोप लगाएका छन्।आफू निरन्तर ३ महिना देखि कार्यालयको काम गर्दै आएको छु भन्दै तलब माग्न जादाँ वाडा सचिब कृष्ण मोहन साह र स्थानीय ईसराईल सिद्दिकी बाट आफु कुटीएको पीडित मियाँले आरोप लगाएका छन्। यता वाडा नम्बर ५ का अध्यक्ष सुलेमान मियाँ अन्सारीका अनुसार कार्यालय सहयोगी नौसाद मियाँले गाउँका छिमेकी केटा टुना भनिने असलम मियाँ संग झगडा गरेका थिए। आफू कार्यालयमा न भएको बेला कार्यालयमा एकासी आएर कुर्सी, टेबुल,अफिसको कागजात समेत बाहिर फालेको उनको आरोप रहेका छन्। अध्यक्ष मियाँका अनुसार आफुलाई फसाउन उक्त केटालाई बाहिर टाउको फुटाएर कार्यालयमा पठाएको थियो। तर संयोगले आफू कार्यालय बाहिर रहेको बताए। काङ्ग्रेस र माओवादीका नेताहरुले म प्रति असन्तुष्ट रहेको छ ऊनीहरुले चुनावको मुखमा आएर आफुलाई फसाउन लगेको पत्रकार समेलनमा बताए।

Open photo

अध्यक्षका अनुसार घटनाको विषयमा ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज तथा DSP डाक्टर तपन कुमार दहाले कुनै चासो न लिएको अध्यक्ष मियाँको आरोप रहेको छन्। उल्टै म लगायत सचिब कृष्ण मोहन साह,जनार्धन प्रसाद साह ,राजा मेस्तर,इसराईल सिद्दिकी लगायत पाँच जना माथी मुद्दा दर्ता गराएका छन्।नैसाद मियाँले स्थानीय साईकल पस्ले संग चक्कु माग्दा उनले दिन नमाने पछि आफैले ईटा लिएर टाउको फुटाएको प्रत्यक्ष दर्शी बिहारी शहनीले बताए। आरोपित इसराईल सिद्दिकीका अनुसार नौसाद मियाँले आफैंले टाउँको फुटाएर मेरो माथी पनि प्रहरी कार्यालयमा उजुरी हालेको छ्। पछिल्लो समय पनि तेहि नौसाद भन्ने ब्यक्तिले समाजका सोझा सिधा मान्छेहरु माथी ज्यान मार्ने मुद्दा दर्ता गराएका थिए। आफुहरु पुर्ण रूपमा निर्दोष रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१