Siraha Times
ताजा समाचार

पर्यटनकालागि लहानको गोसाँई डाँडाताल आकर्षक रमणीयस्थल विशेषतासहित

  • फागुन २, २०७८
  • ११३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/लहान २ फाल्गुन। सिरहाको लहान नगरपालिकादेखि १० किलोमिटर उत्तरमा गोसाई डाँडा ताल पर्छ। जहाँ दिनहुँ पर्टकीयको घुईचो लाग्ने गरेका छन। विक्रम सम्वत २०३३ सालदेखि खोलाई तालमा परिणत गरिएसँगै शिव मन्दिर , हनुमान मन्दिर , विश्रामका लागि चौतारी, बोटिङ्गका लागि बोट आदि विशेषताले यो गोसाईकुण्ड प्रसिद्ध बन्दै गएको छ। रमणीय , आकर्षक ताल हेरेर मान्छेको मनमोहित हुन्छ । यस ठाउँमा परापुर्वदेखि ऋषिमुनि तपस्वी महात्माको समेत केन्द्रविन्दु बन्न पुगेको छ। सामुदायिक वन उपभोक्त समिति लहान १५ बानोका अध्यक्ष अभिन्नदन चौधरीका अनुसार पौराणिक कुराहरुसँग जोडिएको गोसाँई डाँडा ताल पानीको अनिकाल हुँदा असार १ गतेकादिन गाउँलेहरु पुजापाठ गर्दा पानी पर्ने पौराणिक मान्यता रहेको बताए। खोलालाई व्यवस्थितगरि तालमा परिण्त गरिएको छ। श्री झोलाई खोल्सी चुडियाँ डाँडा करिब २० विगहा र ३ सय २५ हेक्टर क्षेत्रफलमा रहेको सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष अभिन्नदन चौधरीले बताइएका छन।

Open photo

ताललाई थप व्यवस्थित गर्न डिपिआर समेटिएको जुन मघेश प्रदेशमा नै छुट्टै पहिचान दिने छन।जस्तै :- जीपलाइन , सामुदायिक रिसोर्ट , भ्युटावर , पिकनिक स्पोर्ट निर्माण गर्ने बताए । आउँनेदिनमा यसताललाई थप व्यवस्थित गर्न लहान नगरपालिकाका मेयर मुनि साहलाई हार्दिक अपिल गरिएको बताए । यसताल थप उर्जावान बनाउन र विकासका निम्ति लहान नगरपालिकालाई ध्यानाकर्षण हुनुपर्ने स्थानीयको आवाज उठिरहेको लक्ष्मण चौधरीको भनाई रहेको छ। माघी महोत्सव , साँस्कृतिक लगायतका कार्यक्रम गर्दै आइरहेको छ। यसठाँमा घुम्ने समयमा मान्छेको धुइँचो लाग्ने गरेको अरुण चौधरीले बताए । पहिलापहिला गोसाँई बाबाको नामबाट नामाकरण गरिएको ताललाई अहिले श्री गोसाइँ डाँडा तालमा परिण्त गराइएको छ।

Open photo

पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न मस जोडीले आफ्नो काम अगाडि बढाइएको देखिन्छ । संगिता कर्माचार्य स्मृति प्रतिष्ठानको सहयोगमा भगवान शिवको मन्दिर निर्माणका लागि १० लाख राशिको सहयोग पनि भएको छ। जुन गत माघ २६ गते पत्रकार भेलागरि उक्त शिव मन्दिरको शिलान्यास मनकारी नेता महेश चौधरीद्वारा सम्पन्न भयो । बाटोघाटो , पिकनिक स्पोर्ट , बोटिङ्ग , अर्थात पोखराको फेवातालमा परिण्त होस भनी नेता महेश चौधरीले इच्छा , मनोकांक्षा व्यक्त गरेका थिए। पर्यटकीय क्षेत्रलाई थप विकाशीत गर्न यतिबेला चारैतिरबाट ध्यानाकर्षण भइरहेका छन । ताललाई स्तरीय बनाउन २०७७ फाल्गुन २७ गते माननीय साँसद प्रदिप गिरीको संस्दीय कोषबाट ३५ लाख छुट्याएका छन। यस रकमको सदुपयोग होस र पर्यटकीय क्षेत्रको प्रवर्द्धनकानिम्ति सुन्दर सपना साकार होस भनी आआफ्नो मन्तव्य राखेका थिए।

Open photo

Open photo

Open photo

Open photo

 

प्रतिक्रिया दिनुहोस

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

नेपाल रेडक्रस धनुषाम ...

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१